श्रुतायुध महाभारतकालीन एक राजा थिए । उनलाई वरुण र पर्णाशाको पुत्र पनि बताइन्छ । उनीसँग एक यस्तो गदा जुन विपक्षी माथि प्रहार गर्दा विपक्षीको नाश गरेरै छोड्थ्यो । तर यदि युद्धमा भाग नलिएका व्यक्ति माथि यो हतियार चलायो भने उल्टिएर उसैले मरण हुन्थ्यो । श्रुतायुधलाई यो गदा उनको पिता वरुणले दिएका थिए ।

जन्म तथा दिव्य गदा प्राप्ति सम्पादन गर्नुहोस्

वीर राजा श्रुतायुध वरुणका पुत्र थिए । शीतसलिला महानदी पर्णाशा उनका माता थिए । पर्णाशाले वरुण देवतासँग मेरो छोरा संसारका कुनै पनि शत्रुको हातबाट नामारियोस् भनेर प्राथना गरेकी थिइन् । वरुणले भने-"म श्रुतायुधलाई एउटा दैवी हतियार दिने छु । त्यसलाई लिएर यदि उसले युद्ध गर्यो भने कुनै पनि वीरले उसलाई परास्त गर्न सक्ने छैन । तर उसले केहि गरी निशस्त्र,युद्धमा भाग नलिएको व्यक्ति माथि य दैवी हतियार चलायो भने उल्टिएर यसले उसैको बध गरिदिने छ ।

महाभारत युद्ध सम्पादन गर्नुहोस्

महाभारत युद्धमा श्रुतायुधले कौरवको पक्षबाट युद्ध लडेका थिए । कलिङ्गलाई कुरुक्षेत्र युद्धमा हस्तिनापुरकौरवहरूको पक्षमा रहेको उल्लेख गरिएको छ, सम्भवतः कौरवहरूको पक्षमा रहेको हुनाले उनको बहिनी दुर्योधनसँग विवाह भएको थियो।

१४ औं दिनको युद्ध सम्पादन गर्नुहोस्

कुरुक्षेत्र युद्धको १४ औं दिनमा अर्जुनले जयद्रथको बफ्ह गर्ने प्रतिज्ञा गरेका थिए। अर्जुन द्रोणाचार्यबाट पन्छिएर कौरव सेना तर्फ गए। उनको भोज सेना, कृतवर्मा, सुदक्षिण र श्रुतायुध सँग लडाइँ भयो।कृतवर्मा र सुदक्षिण माथी एकै पटक आक्रमण गरेर परास्त गरि श्रुतायुध माथि आक्रमण गरे। जोरको युद्ध भयो।श्रुतायुधको घोडा मारियो। त्यसपछि उनले गदा उठाएर श्रीकृष्ण माथि चलाइदिए। तर नि:शस्त्र र युद्धमा भाग नलिएका श्रीकृष्णमाथि चलाएको गदा फर्केर श्रुतायुधलाई लाग्यो। उनी मरेर ढले।

सन्दर्भ सम्पादन गर्नुहोस्