श्रीलङ्का टेलिकम (सिन्हाला: ශ්‍රී ලංකා ටෙලිකොම් පීඑල්සී श्रीलङ्काको राष्ट्रिय दूरसञ्चार सेवा प्रदायक हो श्रीलङ्कामा ४० बिलियन भन्दा बढीको वार्षिक कारोबार गर्दै यो श्रीलङ्काको ठूलो कम्पनी मध्य एक हो । फिक्स्ड र ताररहित टेलीफोन र सार्वजनिक र व्यावसायिक क्षेत्रका ग्राहकहरू समावेश गर्दै इन्टरनेट टेलिफोन सेवा लगयतका घरेलू र कर्पोरेट सेवाहरू यसले प्रदान गर्दछ । यो श्रीलङ्काको ठूलो इन्टरनेट सेवा प्रदायक हो । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा रहेकोे छ ।

SLTMobitel
एस.एल.टि
व्यवसाय प्रकार
सार्बजनिक लिमिटेड कम्पनी
व्यावसायिक रूपढाँचा:Colombo Stock Exchange
उद्योगदूरसञ्चार
स्थापित१९९१ (1991) कोलम्बो, श्रीलङ्का
केन्द्रीय कार्यालयकोलम्बो ०१, श्रीलङ्का
मुख्य व्यक्ति
P.G. Kumarasinghe (अध्यक्ष / निर्देशक)[१] Kiththi Perera (प्रकाअ)[१]
उत्पादनहरूभोइस
मोबाइल सेवा प्रदायक
इन्टरनेट सेवा प्रदायक
आइपिटिभि
जानकारी प्रविधि सेवा
राजश्व
  • वृद्धि६८.०२२ बिलियन (२०१५)
  • श्रीरु ६५.०४० बिलियन (२०१४)[२]
परिचालन आय
  • वृद्धिश्रीरु ६.७८९ बिलियन (२०१५)
  • श्रीरु ५.७११ बिलियन (२०१४)[२]
  • ह्रासश्रीरु ३.७२४ बिलियन (२०१५)
  • श्रीरु ६.००१ बिलियन (२०१४)[२]
कुल सम्पत्ति
  • वृद्धिश्रीरु १२६.५४५ बिलियन (२०१५)
  • श्रीरु १२२.६०४ बिलियन (२०१४)[२]
कुल इक्विटी
  • वृद्धिश्रीरु ६५.२४० बिलियन (२०१५)
  • श्रीरु ६३.९०० बिलियन (२०१४)[२]
मालिकश्रीलङ्का सरकार (५९.५०%)
ग्लोबल दूरसञ्चार होल्डिङ्स नेदरल्यान्ड्स (४४.९८%)
सहायक कम्पनीहरूइच्यानलिङ सार्बजनिक लिमिटेड कम्पनी
मोबिटेल (प्रा) लि
स्काइ नेटवर्क (प्रा) लि
एसएलटि डिजिटल सेवा (प्रा) लि
एसएलटि मानब पुँजी समाधान (प्रा) लि
एसएलटि सम्पत्ति व्यवस्थापन (प्रा) लि
एसएलटि भिजनकम (प्रा) लि
एसएलटि क्याम्प (प्रा) लि
श्रीलङ्का टेलिकम (सेवा) लि
वेबसाइटएसएलटी.एलके

इतिहास सम्पादन गर्नुहोस्

 
सन् २०२० सम्म श्रीलङ्का टेलिकमको लोगो

श्रीलङ्का टेलीकमको १५० वर्ष भन्दा बढी इतिहास छ, जसमा गालकोलम्बो बीच पहिलो टेलिग्राफ सर्किट, १९५८ मा स्थापना भइ सञ्चालन सुरुवात भएको थियो । त्यसै वर्षमा यो सेलोन र भारत बिच, पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सञ्चार स्थापना गरिएको थियो । १९९१ मा श्रीलङ्का टेलिकम एक निगम बन्यो र १९९७ मा यस कम्पनी निप्पन टेलिग्राफ र टेलिफोन निगम (एनटीटी) को सहयोग सँग निजीकृत भएको थियो र कोलम्बो स्टक एक्सचेन्जको, मिलङ्का मूल्य सूचकाङ्कमा सूचीबद्ध गरिएको थियो ।

२००८ मा निप्पोन टेलिग्राफ र टेलिफोनले श्रीलङ्का टेलिकमलाई नेदरल्यान्ड्सको ग्लोबल दूरसञ्चार होल्डिङ्सना बिक्री गरेको थियो, जो वर्तमानमा श्रीलङ्का टेलीकम (एसएलटी) मा ४४.९८% स्वामित्वमा छ जबकि ५०.५०% श्रीलङ्का सरकारको स्वामित्वमा रहेको छ भने बाँकी सार्बजनिक स्वामित्वमा रहेकोे छ ।

नेटवर्क सम्पादन गर्नुहोस्

इन्टरनेट सेवा सम्पादन गर्नुहोस्

डायल अप सम्पादन गर्नुहोस्

विभिन्न डायल-अप श्रीलङ्का टेलिकमद्वारा ग्राहकहरूलाई आवश्यकता अनुसार प्रदान गरिएको छ ।

एडिएसएल २+ सम्पादन गर्नुहोस्

श्रीलङ्का टेलिकमले एडिएसएल २+ निश्चित ब्रोडब्यान्ड प्रदान गर्दछ जुन १६ मेगाबाइट प्रति सेकण्डको गतिमा पुग्दछ ।

४ जी एलटिइ सेवा सम्पादन गर्नुहोस्

श्रीलङ्का टेलिकमले सफलतापूर्वक प्रदर्शन गरे र ४ जी एलटिइ निश्चित ब्रोडब्यान्ड सेवालाई रुवानवेला र जनवरी २०१४ मा केगालामा श्रीलङ्काका सुचना तथा प्रविधि मन्त्रीद्वरा उद्घाटन गरिएको थियो ।

वाइफाइ सम्पादन गर्नुहोस्

श्रीलङ्का टेलीकमले निःशुल्क वा उपयोग अनुसार तिर्ने गरी वाइफाइ प्रदान गर्दछ जुन कोलम्बोमा वा सार्वजनिक स्थानहरूमा र श्रीलङ्काका अन्य छनोट गरिएका शहरहरूमा वाईफाई इन्टरनेटको पहुँच छ ।

मोबाइल नेटवर्क सम्पादन गर्नुहोस्

मोबिलेल - श्रीलङ्कामा एक मोबाइल फोन नेटवर्क हो जुन पूर्ण रूपमा श्रीलङ्का टेलिकम (एसएलटी) को स्वामित्व छ । सञ्जालले मोबाइल सेवा प्रदान गर्दछ र हाल २ जी, ३.५ जी र ४ जी प्रविधिहरू प्रयोग गरी जीएसएम, जीपीआरएस, एज, युएमटीएस, एचएसपीए, एचएसपीए, डीसी-एचएसपीए र एफडी-एलटिइ नेटवर्क सञ्चालन गर्दछ । कम्पनीले प्रीपेड र पोष्टपेड मोबाइल सेवाहरू प्रदान गर्दछ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "निर्देशन बिभाग", Sri Lanka Telecom। 
  2. २.० २.१ २.२ २.३ २.४ "श्रीलङ्का टेलिकम - बार्सिक प्रतिवेदन २०१५", श्रीलङ्का टेलिकम, अन्तिम पहुँच २९ मार्च २०१६  वेब्याक मेसिन अभिलेखिकरण ८ मे २०१६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्