श्रीलङ्काको संसद (सिंहली: ශ්‍රී ලංකා පාර්ලිමේන්තුව, तमिल: இலங்கை நாடாளுமன்றம்) श्रीलङ्काको सर्वोच्च व्यवस्थापिका हो।[][] यो एक्लैले व्यवस्थापिकाको सर्वोच्चता राख्दछ र यसैले देशका अन्य सबै राजनीतिक निकायहरूमाथि अन्तिम शक्ति राख्दछ। १७औँ संसदको बैठक पहिलो पटक २१ नोभेम्बर २०२४ मा बसेको थियो।[]

प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको संसद

ශ්‍රී ලංකා ප්‍රජාතාන්ත්‍රික සමාජවාදී ජනරජයේ පාර්ලිමේන්තුව
இலங்கை நாடாளுமன்றம்
सत्रौँ संसद
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
स्थापित७ सेप्टेम्बर १९७८
पूर्ववर्तीराष्ट्रिय राज्य सभा
नेतृत्वकर्ता
जगत विक्रमारत्ने, राष्ट्रिय जनशक्ति
पदासीन: १७ डिसेम्बर २०२४
रिज्भी सलिह, राष्ट्रिय जनशक्ति
पदासीन: २१ नोभेम्बर २०२४
हेमाली वीरसेकरा, राष्ट्रिय जनशक्ति
पदासीन: २१ नोभेम्बर २०२४
हरिनी अमरसूर्य, राष्ट्रिय जनशक्ति
पदासीन: २४ सेप्टेम्बर २०२४
कुसानी रोहान्दिरा
पदासीन: २३ मे २०२३
संरचना
सिट२२५
सरकार (१५९)
राष्ट्रिय जनशक्ति (१५९)

प्रतिपक्ष (६६)

समागी जन बलवेगया (४०)
इलङ्काई तमिल आरसु काच्ची (८)
नयाँ प्रजातान्त्रिक मोर्चा (श्रीलङ्का) (५)
श्रीलङ्का पोदुजना पेरामुना (३)
श्रीलङ्का मुस्किल काङ्ग्रेस (३)
मवबिना जनता पक्ष (१)
संयुक्त राष्ट्रिय दल (१)
प्रजातान्त्रिक तमिल राष्ट्रिय गठबन्धन (१)
तमिल राष्ट्रिय जन मोर्चा (१)
अखिल सिलोन मक्कल काङ्ग्रेस (१)
श्रीलङ्का श्रमिक दल (१)
स्वतन्त्र (१)
कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानुपातिक प्रतिनिधित्व प्रणाली
अघिल्लो निर्वाचन
१५ फेब्रुअरी १९८९
१४ नोभेम्बर २०२४
सन् २०२९
बैठक स्थल
श्रीलङ्काको नयाँ संसद भवन
श्रीलङ्काली संसद भवन
श्री जयवर्दनेपुरा कोटे
श्रीलङ्का
वेबसाइट
www.parliament.lk
संविधान
श्रीलङ्काको संविधान

यसमा २२५ जना संसद सदस्यहरू छन् जसलाई सांसद भनिन्छ। सदस्यहरू समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा पाँच वर्षको कार्यकालका लागि सार्वभौमिक मताधिकार सहित निर्वाचित हुन्छन्।

श्रीलङ्काको राष्ट्रपतिलाई संसद् विघटन गर्ने, निलम्बन गर्ने, स्थगन गर्ने वा अन्त्य गर्ने अधिकार रहेको छ। राष्ट्रपतिले साढे २ वर्ष बितेपछि वा २ तिहाइ प्रतिशत सांसदले संसद् विघटनका लागि अनुरोध गरेमा मात्र संसद् विघटन गर्न सक्नेछन्। संसद निलम्बन वा विघटन गर्ने राष्ट्रपतिको कदम श्रीलङ्काको सर्वोच्च अदालतको कानूनी जाँचको अधीनमा रहन्छ। सभामुख वा निजको अनुपस्थितिमा उपसभामुख र समितिका सभापति वा समितिका उपसभापतिले संसद्को अध्यक्षता गर्दछन्।

वेस्टमिन्स्टर प्रणालीको अनुसरण गर्दै, श्रीलङ्कामा सबै विधेयकहरू कानून बन्नका लागि संसदबाट पारित हुनुपर्दछ र यसले कर तथा सरकारलाई पैसाको आपूर्तिलाई नियन्त्रण गर्दछ। संसदको कानुन बनाउने क्षमता, जसमा पूर्वव्यापी प्रभाव पर्ने र संविधानको कुनै पनि प्रावधानलाई खारेज वा संशोधन गर्ने वा संविधानमा कुनै प्रावधान थप्ने समावेश छ। सरकारका मन्त्रीहरूले नियमित रूपमा संसद्मा प्रश्नहरूको जवाफ दिनुपर्छ र त्यहाँ धेरै चयन समितिहरू छन् जसले विशेष मुद्दाहरू र सरकारका कार्यहरूको जाँच गर्दछ।

 
श्रीलङ्काको सत्रौँ संसदको संरचना

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Welcome to GOV.LK :: Government", www.gov.lk, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 
  2. "Constitution of the Democratic Socialist Republic of Sri Lanka with Amendments incorporated up to the 21st Amendment", www.parliament.lk, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 
  3. Walpola, Thilina (१८ नोभेम्बर २०२४), "New Parliament meets on 21 Nov.", The Island, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्