शिशापंखे पुतली
शिशा पंखे पुतली (अङ्ग्रेजीमा ग्लास विङ्गड बटरफ्लाई) 'ग्रेटा ओटो' नामले पनि चिनिन्छ । पुतलीको यो प्रजाति लामो बसाइँसराई र पोथीहरूलाई आफूतिर आकर्षण गर्न भालेहरूमा हुने प्रतिश्पर्धाका लागि प्रख्यात छ । शिशा पंखे पुतलीका वयस्क भालेहरू प्रजनन् समयमा एक स्थानमा जम्मा भएर प्रतिश्पर्धा गर्दै पोथीहरूलाई आफूतिर आकर्षित गर्ने गर्दछन् । करिब ५.६ देखि ६.१ सेन्टिमिटर लामो हुने यो पुतलीको पखेटा पारदर्शी हुन्छ । मेक्सिकोदेखि पानामा तथा कोलम्बियासम्मका भूभागमा पाइने यो पुतलीको पखेटा पारदर्शी भएकै कारणले यसलाई ग्लास विङ्गड बटरफ्लाई भनिएको हो । यसलाई स्पेनी भाषामा 'इस्पेजिटस' भनिन्छ जसको अर्थ सानो ऐना भन्ने हुन्छ । पखेटाको धर्काहरूकोबीचमा भएको तन्तु शिशा जस्तै देखिन्छ, अन्य पुतलीहरूको पखेटामा पाइने रंगयुक्त तन्तु यसको पखेटामा पाइँदैन ।[१]
शिशापंखे पुतली | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | G. oto
|
वैज्ञानिक नाम | |
Greta oto Geyer, 1837 |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "शिशा पंखे पुतली र पोथीहरूको लागि भालेहरूमा हुने प्रतिश्पर्धा", www.sajhasamachar.com, साझासमाचार डट कम, अन्तिम पहुँच २३ अगस्ट २०१३।
विकिमिडिया कमन्समा शिशापंखे पुतली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।