शिल्पा मास्के

नेपाली चलचित्र अभिनेत्री

शिल्पा मास्के (जन्म अप्रिल १४, १९९२ विराटनगर, नेपालमा) एक नेपाली चलचित्र अभिनेत्री, मोडल र नर्तकी हुन्। उनले हेमराज बिसी निर्देशित चलचित्र 'ब्रेकअप'बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिइन् जहाँ उक्त चलचित्रमा, उनले अभिनेता आशिरमान देशराज जोशीसँग अभिनय गरेकी थिइन्।[१] उनले आफ्नो दोस्रो चलचित्र कागजपत्रमा अभिनेता नाजिर हुसेनको साथ अभिनय गरेकी थिइन्।[२][३] तथापि यसले पनि पहिलो चलचित्र 'द ब्रेकअप'ले जस्तै राम्रो व्यापार गर्न भने असफल भएको थियो।[४] चलचित्र बाहेक उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न विज्ञापन, साङ्गितीक भिडियो र विशेषत फ्यासन पत्रिकाको आवरण पृष्ठहरूमा देखा परेकी छिन्। उनले हलिउड चलचित्रहरूमा सानो भूमिका निर्वाह गरेकी छिन् जसमा 'डाक्टर स्ट्रेन्ज' र 'मिसन: इम्पोसिबल - फलआउट' रहेको छ त्यस्तै उनले सफल नेटफ्लिक्स शृङ्खला 'द क्राउन'का संस्करण २ र ५ मा समेत अभिनय गरेकी छिन्।[५] उनले सन् २०१८ मा प्रदर्शन भएको हिन्दी चलचित्र 'गोल्ड'मा पनि सानो भूमिका निर्वाह गरेकी थिइन्।[६] उनले चलचित्र 'सानो मन'मा पनि आयुष्मान जोशीको साथ अभिनय गरेकी थिइन्[७] जुन चलचित्र पनि उनको असफल बन्न पुगेको थियो।[८] चौथो चलचित्र 'कठपुतली'मा, पनि उनले अभिनय गर्ने पक्का भएको छ जसको प्रदर्शन मिति तय गरिएको छैन।[९]

शिल्पा मास्के
शिल्पा मास्के एक अन्तर्वार्तामा
जन्मशिल्पा मास्के
(1992-04-14) १४ अप्रिल १९९२ (उमेर ३१)
विराटनगर, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री

शिक्षा र सुरुवाती जीवन सम्पादन गर्नुहोस्

शिल्पा मास्केको जन्म २०४९ साल वैशाख २ गते विराटनगरमा भएको थियो।[१०] उनी सन् २००९ मा, उच्च शिक्षाको लागि बेलायत गएकी थिइन् जहाँ उनले लन्डनकै एक विश्वविद्यालयमा, व्यापार प्रबन्धनमा स्नातकोत्तर गरेकी थिइन्। उनी पछि सन् २०१३ मा, नेपाल आएकी थिइन्। नेपालीमा रहँदा, 'सुटिङ एन एलिफेन्ट' नामक चलचित्रको लागि अडिसन भएको थियो जहाँ उनी त्यसमा सहभागी भएकी थिइन्। उनले परिक्षण प्रस्तुतिमा बर्मेली युवतीको भूमिकामा नृत्य प्रस्तुत गरेकी थिइन् जहाँबाट उनी उक्त छोटो चलचित्रका लागि छनोट भएकी थिइन् जुन उनको पहिलो छायाङ्कनको अनुभव थियो।[११]

विवाद सम्पादन गर्नुहोस्

नेपाली चलचित्र क्षेत्रका बारेमा टिप्पणीका गरेका कारण उनी विवादमा फसेकी थिइन् जहाँ उनको टिप्पणी यस प्रकार छ:

"चलचित्रमा टिकटक र युटुबमा भाइरल भएकालाई खेलाएर कलाकारिताको अपमान भएको छ"

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'द ब्रेकअप'ले सार्वजनिक गर्‍यो नयाँ गीत 'गुपचुप'"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ नोभेम्बर २०२० 
  2. "नक्कली विवाह गरेर अष्ट्रेलिया जानेको कथा 'काजगपत्र' ट्रेलर रिलिज"सिनेमा टाइम्स। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  3. "'कागजपत्र'मा नाजिर हुसेन र शिल्पा मास्के"उज्यालो अनलाइन। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  4. "शिल्पाका सुपरफल्प चलचित्रले करिअर अगाडि बढ्ला त ?"। नयाँ पेज। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  5. "प्रेम प्रस्ताव आउनु स्वभाविकै हो-शिल्पा मास्के, अभिनेत्री"दृष्टि न्युज। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  6. "बलिउड अभिनेता अक्षय कुमारको फिल्म गोल्डमा अभिनय गरेकी नायिका शिल्पा मास्केका यि हुन हट अबतारका तस्विर"ओएस नेपाल। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  7. "आयुष्मान र शिल्पाको 'सानो मन' ट्रेलर रिलिज"। अनलाइन खबर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  8. "फिल्म नचल्दा हच्किइन् शिल्पा"। अनलाइन खबर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  9. "'कठपुतली'को पोष्टर सार्वजनिक"अनलाइन खबर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  10. ""हलिउडको अनुभव छ": शिल्पा मास्के"सिने पत्र। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  11. "अभिनेत्री शिल्पा मास्के भन्छिन्, 'कसको पो ब्रेकअप हुँदैन र, मेरो पनि भयो'"नागरिक दैनिक। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  12. "विवादमा नायिका शिल्पा मास्के"विश्व न्युज। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्