शा फाले
हिमाली तारेको रोटी
शा फाले, जसलाई शाभाले पनि भनिन्छ, एक प्रकार तारेको रोटी हो।[१] यो प्रायत: हिमाली भेगमा (खासगरी तिब्बती र नेपाली समुदायमा) बनाइन्छ। यसको उत्पत्ति तिब्बतमा भएको मानिन्छ। यसलाई तयार गर्न मैदाको रोटीभित्र कुनै एक प्रकार को मासु (कुखुरा, खसी, भैंसी, आदि), बन्दा गोबी, प्याज, हरियो लसुन र अन्य मसलाको कीमा हालेर, गोलाकर बनाएर तेल मा तारिन्छ। मासुको सट्टामा अनय तरकारीहरू हालेर यसको शाकाहारी प्रकार पनि बनाउन मिल्छ।
प्रकार | रोटी वा पेस्ट्री |
---|---|
उत्पत्ति स्थान | हिमालय |
मुख्य सामग्रीहरू | रोटी, मासु, तरकारी |
यो खाद्य वस्तु नेपाल, तिब्बत, सिक्किम, आदि ठाउँहरूमा खाजाको रूपमा प्रचलित छ। [२] यसलाई सजिलो सँगै बोक्न मिल्ने भएकोले, यात्रा गर्दा बाटोमा खानको लागि पनि प्राय: बनाइने गरिन्छ।
शा फाले को अर्थ तिब्बती भाषामा "मासु रोटी" हो, शा अर्थात् मासु र फाले अर्थात् रोटी। [३]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Tribune, The Assam (२०२२-१०-१६), "Five traditional must-try foods from Northeast India", assamtribune.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०४।
- ↑ "Shapale — Tibetan Fried Meat Pie Recipe", yowangdu.com, १० अगस्ट २०१२।
- ↑ "https://www.slurrp.com/article/sha-phaley-the-nepali-snack-that-deserves-your-attention-1659613924552%5C", Slurrp (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०४ मिति