शाक्य नेवार समूदाय भित्रको एक थर हो। भगवान गौतम बुद्ध पनि शाक्य वंशका थिए भन्ने विश्वास गरिन्छ।शाक्यहरु लोहा युग को मगध भन्ने ठाँउमा बस्ने एक समाज थिए । अहिले यो ठाँउ दक्षिण नेपालमा पर्दछ । शाक्यहरुले आफ्नै एउटा स्वतन्त्र देश बनाई स्वतन्त्रताले बस्थे । यो देशको नाम शाक्य गनराज्य थियो । यो देश को राजधानी कपिलवस्तु थियो। अहिले कपिलवस्तुलाई गौतम बुद्धको जन्मस्थान भनेर चिनिन्छ ।

शाक्य नाम एक संस्कृत शब्द (सक्य) बाट लिएको हो । यस संस्कृत शब्दको आर्थ सक्षम हुनु हो । ससबैभन्दा बढी चिनिएको शाक्य गौतम बुद्ध थिए । ऊनी शाक्य गनराज्यको राजा सुद्धोधनका छोरा थिए ।

शाक्यहरु आफ्नो (शाक्य गनराज्य) मा ३-६ बि.शि.ई सम्म राज गर्थे । यही समय मा गौतम बुद्ध जन्मेका थिए । उनलेेनै बुद्ध धर्मको आविस्कार गरे ।

आहिले शाक्यहरु नेवार जातीमा पर्छन्। उनिहरुले नेवरी भाशा बोल्छन्। नेवारहरु काठमाडौं उपत्यका मा बस्ने एक जति हुन् । यस जातिभित्र श्रेष्ठ, शाक्य, कर्माचार्य, महर्जन, ताम्राकार ,आदि जस्ता थरहरु पर्दछन्। आज नेवारहरु निरन्तर रूपमा नेपालको सबैभन्दा आर्थिक, राजनीतिक र सामाजिक रूपले उन्नत समुदाय रहेका छन्।