शहिदगेट
(शहिद गेटबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शहिद गेट काठमाडौमा टुडिखेलको दक्षिण तर्फ भद्रकाली मन्दिर र धरहराको बीचमा रहेको शहिद स्मारक हो ।
इतिहास
सम्पादन गर्नुहोस्वास्तुविद शंकर नाथ रिमालको डिजाईनमा तयार गरिएको र प्रारम्भमा नेपाल स्मारकले चिनिने २०१९मा प्यागोडा शैलीमा निर्माण सम्पन्न गरिएको उक्त स्मारक भक्तपुरको स्वर्णद्वारबाट प्रभावित रहेको रिमालको भनाई छ। उनका अनुसार नक्सांकन हुँदा स्तम्भ गेटका हिसाबले बनेको र गाडी आदिको त्यति प्रचलन नभएकाले राजा स्वयं पनि हात्तीमा सवार भएर सहर परिक्रमा गर्ने चलन रहेकोले, हौदा र झल्लरी सहितको हात्ति छिर्न सक्ने गरी २३ फिट अग्लो खुलापन रहेको छ।
शहिदगेटमा रहेको राजा त्रिभुवन र चार शहिदको मूर्ति मूर्तिकार रत्नबहादुर तुलाधरले बनाएका हुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- शहीदगेट निर्माणको सेरोफेरो:-शंकरनाथ रिमाल वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-३० मिति