शर्मिला मल्ल एक नेपाली अभिनेत्री हुन्। उनले नेपाली कथानक चलचित्र 'कान्छी[]बाट चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्।

शर्मिला मल्ल
जन्मशर्मिला शाह
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री , मोडेल , प्रोदुसर
कार्यकालसन् १९८४  – वर्तमान
जीवनसाथीकृष्ण मल्ल
सन्तानसक्रिय मल्ल

फिल्मोग्राफी

पुरानी अभिनेत्री हुन् सर्मिला मल्ल । एक समय उनी कान्छी अभिनेत्रीका रूपमा पनि परिचित थिइन् । फिल्म ‘कान्छी’ अभिनयपछि उनको यो परिचय बनेको हो ।

यो परिचय फिल्म ‘कान्छी’को नामको कारणले भन्दा पनि उनको उमेरका कारणले बनेको थियो । बीएस थापा निर्देशित यो फिल्म अभिनय गर्दा उनी १४ वर्षकी थिइन् । त्यतिबेलाका अभिनेत्रीमध्ये उनी नै कान्छी थिइन् । ‘कान्छी’ उनको डेब्यु फिल्म हो । त्यसपछि उनका लगातर दजर्नभन्दा बढी फिल्म आए । अभिनय सिलसिलामै सोे समय चलेका अभिनेता कृष्ण मल्लसँग प्रेम विवाह गरेकी उनी अहिले पनि फिल्म अभिनयमा सक्रिय छिन् । उनी अहिले फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी छन् । बादल, लगनगाँठो र गोठालो तीन फिल्म निर्माण गरेकी उनी अहिले नयाँ प्रोजेक्टको तयारीमा छिन् ।

वर्ष चलचित्रको नाम भूमिका
सन् १९८४ कान्छी
सन् १९८५ के घर के डेरा
सन् १९८५ बासुदेव
सन् १९८६ पन्ध्र गते
सन् १९८८ माया पिरती
सन् १९९० चेली बेटी
सन् १९९३ संकल्प
सन् १९९४ बादल
सन् १९९६ गोठालो

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Nepali Film – Kanchhi (1984)", FilmsofNepal.com, २०१२-०९-०७, अन्तिम पहुँच ८ अगस्ट २०१६