विश्व खाद्य कार्यक्रम

विश्व खाद्य कार्यक्रम (World Food Programme) (डब्लूएफपी) संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठूलो मानवीय सङ्गठन हो। यसले खाद्य सुरक्षालाई महत्त्व दिन्छ। यसको मुख्यालय इटालीको रोममा छ र ८० भन्दा बढी देशमा यसका कार्यालयहरू रहेका छन्। डब्लूएफपीले काम गर्ने व्यक्ति वा आफैले र परिवारका लागि पर्याप्त खाना प्राप्त गर्न मद्दत पुर्याउँदछ। यो संयुक्त राष्ट्र विकास समूह र यसको कार्यकारी समितिको सदस्य हो। [3]

विश्व खाद्य कार्यक्रम
Emblem of the United Nations.svg
World Food Programme Logo Simple.svg
विश्व खाद्य कार्यक्रमको लोगो
सङ्क्षिप्त नामWFP
गठन१९ डिसेम्बर १९६१; ६१ वर्ष पहिले (१९६१-१२-19)
प्रकारअन्तर-सरकारी सङ्गठन, नियामक निकाय, सल्लाहकार समिति
कानुनी वैद्यतासकृय
प्रधान कार्यालयरोम, इटाली
प्रमुख
डेभिड बास्ले
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र महासभा
वेबसाइटwww.wfp.org

उद्देश्यसम्पादन

विश्व खाद्य कार्यक्रमका उद्देश्यहरू निम्नानुसार रहेका छन् [१]

  1. "विपदमा प्राण जोगाउनु र जीविकाको संरक्षण गर्नु"
  2. "खाद्य सुरक्षा र पोषणलाई टेवा दिनू र नाजुक अवस्थितिमा रहेका अथवा विपत्तिमा परेका हरूको जीविका (पुन) स्थापित गर्नु"
  3. "जोखिम घटाउनु तथा व्यक्तिऽ समुदाय र राष्ट्रहरूलाई आफ्नै खाद्य तथा पोषण सम्बन्धि आवश्यकता जुटाउन सवलिकरण गर्नु"
  4. "कुपोषण घटाई अन्तर-पुस्ता भोक चक्र रोक्नु"
  5. "सन् २०३० सम्ममा भोक शुन्यमा ल्याउने"


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विश्व खाद्य कार्यक्रम, "हाम्रो कार्य", WFP, अन्तिम पहुँच २० अगस्त २०१८