"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎भूकम्प: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
== भूकम्प ==
 
वि.सं. २०७२ वैशाख १२ गते शनिबारका दिन नेपाली प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किलोमिटर (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किलोमिटर (९.३ माइल) गहिराइमा गएको थियो। यस महाभूकम्पलाई सुरुमा संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले ७.५ रेक्टर स्केलको रहेको प्रतिवेदन निकालेको थियो भने चिनियाँ भूकम्प सञ्जाल केन्द्रले भूकम्पको रेक्टर स्केल ८.१ रहेको प्रतिवेदन दिएको थियो। भारत मौसम विज्ञान विभागले नेपाली समय अनुसार नेपालमा ११:५६ र १२:३० मा गरी दुई शक्तिशाली भूकम्प गएको बताएको थियो। पहिलो पटक ७.८ रेक्टर स्केल मापन गरिएको भूकम्प र त्यसको केन्द्र विन्दु भएर ८० किलोमिटरको दुरीमा नेपालको राजधानी काठमाडौँबाट उत्तर–पश्चिमतर्फ रहेको पत्ता लागेको थियो। यस महाभूकम्पको केन्द्रको नजिक भरतपुर सहर परेको थियो भने भूकम्प महाशाखाका अनुसार ६.६ रेक्टर स्केलको भूकम्प पहिलाको भन्दा कम शक्तिशाली रहेको जनाइएको थियो जुन काठमाडौँबाट पूर्वमा ६५ किमीमा (४० माइल) गएको थियो जसको भूकम्पीय केन्द्र पृथ्वीको सतहभन्दा १० किमी (६.२ माइल) गहिराइमा रहेको थियो। वैशाख १२ को महाभूकम्प आउँदाको समय सयौँ पर्वतारोहीहरूले सगरमाथाको चढाई गरिरहेका थिए। भूकम्पको तीव्र कम्पनका कारण हिमपहिरो आएको थियो भने यसलगत्तै भूसख्लन सुरु भएको थियो जसकारण १७ भन्दा बढी पर्वतारोहीहरूको मृत्यु भएको थियो। अधिकारीहरूका अनुसार हिउँको विशाल पत्र तीव्र गतिका साथ तल खस्किएका कारण सगरमाथाको आधार शिविर ध्वस्त भएको थियो जसकारण ३७ भन्दा बढी पर्वतारोहीहरूको घाइते भएका थिए। सुरुको महाभूकम्पपछि पछिका दिनहरूमा ४.५ रेक्टर स्केल र त्योभन्दा बढी रेक्टर स्केलका ३८ भन्दा बढी भूकम्पको धक्का महसुस भएका थिए जसमा ६.८ रेक्टर स्केलको भूकम्प पनि सामेल छ।संयुक्तछ। संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प जानुको कारण जमिनको सतह भन्दा ९ माइल तल रहेको एक चट्टान सरेका कारण त्यसले धक्का दिएको जनाइएक‍ थियो २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो।
 
=== तीव्रता ===
 
यस महाभूकम्पको तरङ्गीय मानचित्र संयुक्त राज्य भूगर्भ सर्वेक्षणको ''के तपाईले महसुस गर्नुभयो'' खण्डमा प्राप्त प्रतिक्रियाहरूको अनुसार काठमाडौँमा भूकम्पको तीव्रता ९ सम्म पुगेको थियो। भूकम्पको झट्का छिमेकी देश भारतको बिहार, उत्तर प्रदेश, असम, पश्चिम बङ्गाल, सिक्किम, उत्तराखण्ड, उडिसा, आन्ध्र प्रदेश, कर्नाटक र गुजरात जस्ता प्रमुख भूभागहरूसम्म महसुस गरिएको थियो। यसको असर भारतको राजधानी दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा पनि महसुस गरिएको थियो। सोही प्रतिवेदनका अनुसार अनुसार बङ्गलादेशको राजधानी ढाकामा यस भूकम्पको तीव्रता ४ थियो। यस भूकम्पको झट्का केन्द्रबाट १९०० किलोमिटर टाढा रहेको तिब्बत र चीनका केही भूभागहरूमा पनि महसुस गरिएको थियो। पाकिस्तान र भूटान पनि यस भूकम्पको न्युन झट्का महसुस गरिएको थियो।
 
=== पराकम्पहरू ===