"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
सन् १६४४ मा मन्चुरियाका [[चिङ वंश]]ले पूरानो [[मिंग राजवंश|मिङ वंश]]लाई हटाई आफ्नो साम्राज्य स्थापना गर्यो । यो वंशलाई मञ्चु वंश भनेर पनि चिनिन्छ । सन् १६८५ मा क्यान्टुन बन्दरगाह हुँदै अङ्ग्रेजले चीनमा प्रवेश गरी कम्पनी मेत स्थापना गर्यो ।
यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।
===चीनको क्रान्ति, १९११===
 
{{मुख्य|चीनको क्रान्ति, १९११}}
चीनको गणतान्त्रिक क्रान्ति सन् १९११ को अक्टोबर १० मा हेनकाउको रुसी बस्तीमा एउटा विस्फोट भयो। यो विस्फोट गणतान्त्रिक क्रान्ति को थालनीको पूर्वसूचना जस्तो भयो । शाही सरकारले यस घटनाका बारेमा छानबिन गर्दा शाही सेना नै यो विस्फोटमा संलग्न देखिए। सरकारले यो विस्फोटमा संलग्न शाही सेनालाई कारबाही गर्न सुरु नगर्दै कर्णेल “ली–युआन–हङ” को नेतृत्वमा क्रान्तिकारी सैनिकहरू सङ्गठित भए। १२ अक्टोबरदेखि “बुचाङ” भन्ने स्थानबाट औपचारिक रूपमा क्रान्ति को थालनी भयो । २२ अक्टोबरको दिनमा क्रान्ति कारीहरूले “ली–युआन–हङ” को नेतृत्वमा साङ्घाइमा गणतान्त्रिक सरकारको गठन गरे । क्रमशः अन्य प्रान्तहरूमा समेत गणतान्त्रिक सरकार गठन हुँदै गयो । [[सन यात सेन|डा.सन यात्सेन]] “तुङ मिङ हुई ” नामको पार्टीका अध्यक्ष थिए। यो पार्टी पनि गणतान्त्रिक क्रान्तिमा संलग्न थियो। विभिन्न प्रान्तहरूमा गणतान्त्रिक सरकार गठन भएपछि ती गणतान्त्रिक प्रान्तहरूको परिषद् गठन गरी [[सन यात सेन|डा. सन यात्सेन]]लाई परिषद्को अध्यक्ष बनाइयो । क्रान्ति ले गति लिन थालेपछि शाही सरकार आत्तियो र क्रान्ति दबाउने उद्देश्यले “युआन–सिह–काई”लाई प्रधानसेनापति तथा प्रधानमन्त्री नियुक्त गर्यो ।
[[चित्र:Yuan shikai.jpg|thumb|200px|right||युआन शि-काई]]