"वीर शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
== जन्म / प्रारम्भिक जीवन ==
यिनको जन्म १९१० मा भएको थियो । ([[सम्पादन मण्डल]]ले उनको जन्म १९०९ मार्ग २७ गते शुक्रबार भएको कुरा लेखेको छ।) टुँडिखेलमा रहेको उनको सालिक अनुसार उनको जन्म मिति सम्वत १९०९ साके १७७४ मार्ग २१ गते मार्ग कृष्ण ३० शुक्रबार तदनुसार १० डिसेम्बर १९५२ ई. रहेको छ। यिनको जन्म हुँदा यिनको आमा चन्द्रकुमारीकोचन्द्रकुमारी बस्न्यात (काजी ललितमानसिंह बस्न्यातकी बहिनी) सुत्केरी अवस्थामा नै मृत्यु भयो र आठ वर्ष सम्म बाबुसंग बस्न नहुने भएकाले यिनको लालन पालन [[जंगबहादुर राणा|जंगबहादुर]]को [[थापाथली दरबार]]मा भयो । यिनको पढाईलेखाई [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]] , [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग शमशेर]] संगै भएको थियो । यिनी पढाईमा कमजोर थिए। उनीहरूले कलकत्ताको डभ्टन् कलेजमा पढ्न पाए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २४४</ref>
 
१९२४ माघ सुदि १० रोज २ मा बनाएको [[राणा वंशको उत्तराधिकारी रोलक्रम|उत्तराधिकारीको रोलक्रम]]मा लेफ्टिनेन्ट कर्नेल वीर शमशेर सोह्रौ रोलमा थिए। उनी भन्दा अगाडि उनका भतिजाहरू युद्धप्रताप जंग लगायत (जंगबहादुरका नाति) तथा दाइहरू (ठूलो बुबाका छोराहरू) थिए। त्यसकारण शान्तिपुर्ण तरिकाले उनी सत्तामा आउन र प्रधानमन्त्री बन्न यो रोलक्रमको नियम अनुसार सम्भव थिएन।<ref>पूर्णिमा ८७ पूर्णाङ्क २२ वर्ष ३ अङ्क सम्पादक महेशराज पन्त, दिनेशराज पन्त। </ref>