"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १८:
}}
 
'''२००७ सालको क्रान्ति''' लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय [[राणा शासन]] विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा [[राणा शासन]]को अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा [[नेपाल प्रजा परिषद्]] [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] पार्टीहरूले भाग लिएका थिए। [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा [[बडाहाकिम]]हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच [[दिल्ली सम्झौता|त्रिपक्षीय सम्झौता]] भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।
 
लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका [[त्रिभुवन वीर विक्रम शाह|राजा त्रिभुवन]] २००७ फागुन ६ गते नेपाल आए र ७ गते [[लोकतन्त्र|प्रजातन्त्र]]को घोषणा गरियो।
 
==क्रान्तिको पृष्ठभूमि==
 
[[राज परिवार]] बीचको गुटबन्दिका कारण [[भीमसेन थापा]]को पतन पछि अस्थायित्व कायम भयो। सन् १८४६ मा शासन गरिरहेकी रानीकी सेनानायक [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]लाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले [[कोत पर्व|कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा खानदान]] सुरू गरे र [[राणा शासन]] लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७ को [[सेपोई रेबेल्योन]] (प्रथम भारतीय स्वतन्त्रता सँग्राम), र पछि दुबै [[विश्व युद्ध]]हरूमा सगाएका थिए। सन् १९२३ मा [[संयुक्त अधिराज्य]] र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा ([[नेपाल-बेलायत १९२३ को सन्धि]] ) हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।
 
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्मशम्शेर]]ले [[नेपाल सरकारको वैधानिक कानुन २००४|नेपाल सरकारको बैधानिक कानुन २००४]] लागू गरे। त्यसै ताका चीनले १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा [[त्रिभूवन]]लाई भारतले समर्थन गरी १९५१ मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो [[नेपाली काँग्रेसकांग्रेस|नेपाली कङ्ग्रेस]] पार्टिको सहभगिता थियो।
 
==क्रान्तिको स्वरूप==