"चट्याङ मास्टर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
==जीवनी==
उनको जन्म वि. सं. २०१० फागुन १४ गते [[भक्तपुर नगरपालिका|भक्तपुर]]को झौंखेलमा भएको थियो<ref name="sahit01"/> भने उनको नाम हजुरआमाले राखिदिएका थिए।<ref name="mirr01"/>
 
गौतमले अष्ट्रेलियाको विश्वविद्यालयबाट इकोनॉमिक्समा स्नातकोत्तर गरेका छन्।<ref name="nt20"/> सन् १९७८ बाट उनले सहायक प्राध्यापकको रूपमा आफ्नो व्यवसायिक जीवन सुरु गरे। सन् १९७९ मा उनी कृषि परियोजना सेवा केन्द्रमा कृषि विशेषज्ञको रूपमा कार्यरत रहे भने सन् १९८८ मा उनी वरिष्ठ कृषि अर्थशास्त्रीका रूपमा नियुक्त भएका थिए।<ref name="unesco20"/> उनले परामर्श कम्पनी मार्फत् [[नेपाल]], [[चीन]] र [[भारत]]का विभिन्न ग्रामीण विकास परियोजनाहरूमा काम गरेका छन्। उनले विश्व बैंकका लागि चीनका कृषकहरूसँग र युएसएआईडीका लागि भारतमा काम गरेका थिए।<ref name="nt20"/> उनले [[रेडियो सगरमाथा]]मा रेडियो कार्यक्रम पनि सञ्चालन गरेका थिए।<ref name="nt20"/>