"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

বাংলা থেকে অনুলিপি
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
यदि माथि उल्लिखित शर्तहरू पुरा भएको खण्डमा विषयलाई पृथक् निबन्धको रूपमा राखिनु पर्दछ।
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
 
== किन हामीलाई यसको आवश्यकता रहेको छ ==
 
नेपाली विकिपिडियामा कुनै विषयवस्तु माथि एक पृथक् र स्वतन्त्र लेख बनाउनु उचित छ कि छैन भन्ने कुराको निर्धारणका लागि सम्पादकहरू समस्त विषयको क्षेत्रमा योग्य मापदण्ड लागु गर्दछन्। यी मापदण्डको प्राथमिक उद्देश्य भनेको सम्पादकहरूले लेखहरू बनाउँदा सामग्री नीतिहरूको अनुरूप सुनिश्चित गर्नु हो।
 
* हामीलाई भरपर्दो स्रोतहरूबाट महत्वपूर्ण समावेशी सामग्री चाहिन्छ जसकारण हामी वास्तवमै आधा अनुच्छेद वा त्यस विषयको परिभाषाको सम्पूर्ण कुरा लेख्न सक्दछौँ। यदि विषयको बारेमा स्रोतहरूद्वारा केही वाक्यहरू लेख्न र समर्थन गर्न सकिन्छ भने यो विषयले एक पृथक् लेखका लागि योग्यता आर्जन गर्दैन जसको सट्टामा एक वृहत् लेख वा प्रासङ्गिक सूची सम्बन्धि एक लेखमा समायोजन गर्नुपर्दछ। (लत परामर्श हेर्नुहोस्)
 
* हामीलाई "भरपर्दो स्रोतहरू" को अस्तित्व आवश्यकता पर्दछ जसले गर्दा हामी अनियमित तथा भ्रमक सामग्रीहरूको पछाडि लागेका छैनौँ भनि।सुनिश्चित गर्न सक्छौँ।
 
* सुरुमा हामी "तेस्रो पक्ष" वा "स्वतन्त्र स्रोतहरू"को सहायतामा एक निष्पक्ष र सन्तुलित लेख लेख्न सक्दछौँ जुन विकिपिडियाको तटस्थ दृष्टिकोण नीतिसँग अनुरूप छ जसले गर्दा लेखहरू उत्पादन, सेवा वा सङ्गठनहरूका विज्ञापन होइनन् भनेर निश्चित हुन्छ।
 
* हामीलाई कम्तिमा तीन माध्यमिक स्रोतहरूको अस्तित्वको आवश्यकता पर्दछ जसकारण लेख विकिपिडियाको [[विकिपिडिया: मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] गरी लेखिएको लेख होइन भनि सुनिश्चित गर्न सकिन्छ।
 
* हामीलाई लेख पुष्टि गर्नका लागि थुप्रै स्रोतहरूको आवश्यकता पर्दछ जसकारण हामी एक तर्कसङ्गत सन्तुलित लेख लेख्न सक्दछौँ जुन लेख लेखकको दृष्टिकोणलाई प्रतिनिधित्व नगरी विकिपिडिया: तटस्थ दृष्टिकोणको पालना गर्दछ। यसकारण एउटै व्यक्ति वा सङ्गठनको बहु प्रकाशनहरू आवश्यकता पूरा गर्ने उद्देश्यका लागि एकल स्रोत मानिन्छ।
 
== साधारण परिस्थिति ==