"खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनको स्थाप...
(कुनै भिन्नता छैन)

२२:४०, ३० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनको स्थापना वि. सं. २०६४ मा नेपाली उद्यमी जीवा लामिछानेले आफ्ना पिता र माता खेमलाल लामिछाने र हरिकला लामिछानेका नाममा गरेका हुन् । प्रतिष्ठानका संरक्षक पनि जीवा नै छन् ।

उक्त प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठानेको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ । यसको खास नाम पद्मश्री साहित्य पुरस्कार हो ।

शुरूमा यसमा देशभित्रका कृतिमात्र पर्थे भने २०६६ सालदेखि देशभरिबाट मात्र नभएर विदेशबाट नेपाली-भाषामा लेखिएका कृतिलाई दिन थालिएको हो ।

त्यसैगरी प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ । प्रतिष्ठानले पुरस्कार र सम्मानको नाम जीवाको जन्म-गाउँ पदमपुरबाट लिएको हो ।