"चामल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा सुधार
पङ्क्ति १:
[[चित्र:White, Brown, Red & Wild rice.jpg|thumb|right|245px|मिश्रित चामल: सेतो चामल, खैरो चामल, रातो चामल र जङ्गली चामल]]
{{Wikify|date=जुन २०११}}
 
[[घाँस]] प्रजाति अन्तर्गत पर्ने [[धान|एसियाली धान]] ('ओरिजा साटिभा') र [[अफ्रिकी धान]] ('ओरिजा ग्लेबेरिमा') को बिउलाई '''चामल''' भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया [[एसिया]] र [[अफ्रिका]] लगायत [[संसार]]भर [[विश्व जनसङ्ख्या]]को ठूलो भागद्वारा खाने [[प्रमुख भोजन]] हो। [[उखु]] (१.९ बिलियन टन) र [[मकै]] (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन)<ref>{{Cite web |url=https://www.atlasbig.com/en-au/countries-by-rice-production |title=World Rice Production by Country |website=एटलस बिग |language=अङ्ग्रेजी |accessdate=2020-09-21}}</ref> संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी [[उपयोगी वस्तु|कृषि वस्तु]] हो।<ref>{{Cite web |url=https://ekantipur.com/bibidha/2020/06/29/159340023017879458.html |title=उत्पादन कम, खपत बढी |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-09-21}}</ref>
{{dead end|date=जुन २०११}}
[[File:White, Brown, Red & Wild rice.jpg|right|300px|thumb|चामल]]
 
मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।
'''चामल''' [[धान]]को बिउ हो । यो मकै पछि विश्वमा दोस्रो धेरै उत्पादन हुने खाद्यान्न हो । यसको प्रयोग भात बनाउनको लागि हुन्छ ।
 
[[एकदलीय वनस्पति]] धानलाई सामान्यतया वर्षेबालीको रूपमा रोप्ने गरिन्छ, हुनत उष्णकटिबन्धीय क्षेत्रहरूमा धान बाह्रमासे बालीको रूपमा समेत रोप्ने गरिएको छ।<ref>{{Cite web |url=https://lokaantar.com/story/65112/2018/12/26/news- |title=धान उत्पादन अहिलेसम्मकै उच्च, खाने भुँडी बढ्दा चामलको आयात बढ्यो |website=लोकान्तर |language=नेपाली |accessdate=2020-09-21}}</ref> धानको बिउलाई राम्ररी संरक्षण गरेर राखेमा यसले ३० वर्षसम्म बाली उत्पादन गर्न सक्छ। धानको खेती कम [[श्रम लागत]] र बढी वर्षा हुने देशहरू र क्षेत्रहरूको लागि पूर्ण रूपमा अनुकूल हुन्छ, किनभने धानको खेती गर्नको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता हुने गर्छ। यद्यपि, पानीलाई नियन्त्रण गर्नसक्ने प्रणालीको उपयोग गरेर पहाडी क्षेत्र र ढलानमा समेत व्यावहारिक रूपले धानको खेती गर्न सकिन्छ। धानको मूल प्रजाति [[एसिया]] र [[अफ्रिका]]को भूभागसँग सम्बन्धित भए पनि शताब्दीदेखि हुँदै आएको व्यापार र निर्यातले गर्दा संसारको कयौं संस्कृतिहरूमा यसले स्थान पाइसकेको छ। चामलमा फाइबर, भिटामिन, क्यालसियम, आइरन, थायमिन र खनिज जस्तो पोषक तत्वहरू विद्यमान हुन्छ। नेपालमा उत्पादन हुने [[जुम्ली मार्सी]] र [[बासमती चामल]] लोकप्रिय रहेको छ।<ref>{{Cite web |url=https://shilapatra.com/detail/13268 |title=मार्सी धान जोगाउनै मुस्किल |website=शिलपत्र |language=नेपाली |accessdate=2020-09-21}}</ref>
 
==विभिन्न भाषामा नाम==
[[संस्कृत भाषा|संस्कृत]]मा चामललाई 'तण्डुल', [[मैथिली भाषा|मैथिली]]मा 'चउर' र [[तमिल भाषा|तमिल]]मा 'अरिसि' भन्ने गरिन्छ।
 
==इतिहास==
{{stub}}
 
{{Commonscat|Rice}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
{{Commonscat|Rice|चामल}}
 
[[श्रेणी:खाद्यान्न]]
"https://ne.wikipedia.org/wiki/चामल" बाट अनुप्रेषित