"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति ६६:
== सामाजिक र आर्थिक अवस्था ==
रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रूपमा उच्च वर्गमा पर्ने समूह रहेको छ। यो समूह रामेछाप स्थायी निवासी भए पनि अहिले राजधानीमा बसोबास गर्ने समूह हो। जिल्लाको अधिकांश जमीनको हिस्सा ओगट्ने यो वर्गले जिल्लाको राजनीति तथा अन्य क्रियाकलापमा समेत प्रभाव पार्ने गरेको देखिन्छ। तर, यो वर्गले जिल्लाको विकासमा भने खासै चासो राखेको पाइँदैन।
त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग। रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ। जिल्लाभित्र र तराईमा समेत जग्गा जमित जोडिसकेको यो समूह स्थायी रूपमा राजधानीमा बसोबास गर्दछन्। जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ। जिल्लाको विकासमा यो वर्गले खासै महत्वमहत्त्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ।
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो। रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरूको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ। सामाजिक रूपमा अपहेलित र आर्थिक रूपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्वपूर्णमहत्त्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ। राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरू पुगेका छन्। तर, जिल्लाका लागि उनीहरूबाट खासै योगदान भएको पाइँदैन। यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककै रूपमा मात्र प्रयोग गर्ने उनीहरू भने राजधानीबासी भन्न रुचाउँछन्।
सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन्। जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो। यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन्। यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ। तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन। यो पनि गरीबीको कारण हो भन्न सकिन्छ। रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन।
 
पङ्क्ति ८०:
पर्यटन रामेछापका लागि राम्रो अवसर हो। तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन। विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ। नाम्चे, लुक्ला गए पछि्यटकहरूको एक रातको बसाई रामेछापकै शिवालय हो।
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा र्‍याफि्टङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का छन्।
अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसे जस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन सक्दछ। रामेछापमा प्राकृतिक, जल, हिमाली र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धेरै काम गर्न सकिने अवस्था विद्यमान छ। यसका लागि रामेछापका केही युवाको पहलमा ठोसे-पाँचपोखरी पर्यटन विकास समिति गठन गरी केही प्रचारात्मक क्रियाकलापको सुरूवात भने भएको छ। यसमा सम्बद्ध निकायले उचित ध्यान पुर्‍याउने हो भने रामेछापको आर्थिक विकासमा महत्वपूर्णमहत्त्वपूर्ण सावित हुने पक्का छ।
 
== शिक्षा र स्वास्थ्य ==
पङ्क्ति ८९:
तर, विकासका लागि साँच्चै इमान्दार भएर लाग्ने हो भने रामेछाप यति सम्पन्न छ कि देशलाई नै धनी बनाउन सकिने अवस्था छ। हिजो हाम्रा पुर्खाले ठोसेबाट फलाम र तामा निकालेर तिब्बतसम्म ब्यापार गरेका थिए। तर, अहिले हामी सिलाङको फलाम प्रयोग गरिरहेका छौं। उब्जनीयुक्त हजारौ रोपनी जमीन बाँझो छ, हामी भारतबाट आयातित चामल र तरकारी उपभोग गरिरहेका छौं। यसलाई त्याग्न सक्नु पहिलो अवश्यकता हो। तरकारी र फलफूल उत्पादन गरेर हामी राजधानीलाई बेच्न सक्ने भौगोलिक दूरीमा छौ।
दर्जनौ नदीनाला छन्। विद्युत हामीले केन्द्रीय प्रसारण लाईनबाट बालिरहेका र्छौ। यसका लागि स्थानीय नदी र खोला प्रयोग गर्ने हो भने हामी विद्युत बेच्न सक्छौ हामीलाई केन्द्रीय प्रसारणबाट विद्युत लिनुपर्ने आवश्यकता रहन्न। नदीहरू वा नदी किनारमा माछा पालेरै भए पनि आर्थिक उपार्जन गर्न सक्छौ।
महत्वपूर्णमहत्त्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजंगलमा खेर गइरहेका छन्। यहाँसम्मकी पाँचपोखरी क्षेत्रमा यार्सागुम्बासमेत पाइने गरेको छ। यसलाई हामीले उपयोग गर्न सकिने प्रवल सम्भावनाहरू छन्। सूचना प्रविधिको प्रयोग गरेर हामीले हाम्रा उत्पादनहरूको बजार खोज्न सक्ने सम्भावना विकास भइसकेको अवस्थामा अब सधैं परनिर्भर भएर बस्नु हुन्न।
आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै लिनेछ। त्यसैले सिर्जनशील भएर आफ्नै माटोमा पसिना बगाउन सकिने वातावरणतिर हामी जहाँ जुन अवस्थामा रहेपनि आजैबाट सोच्नु जरुरी भइसकेको छ।