"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो । यो सामन्तहरुको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा [[राजा]] हुने गर्थ्यो । राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे। यो व्यबस्था रक्षक र अधीनस्थ मानिसहरुको संगठन थियो। राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो। सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरुको हुने गर्थ्यो , र बदलामा राजाबाट जमिन पाउथे । सामन्तगण भूमिको क्रय-विक्रयको अधिकारी नहीं थे। प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो । कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरुको उद्देश्य बन्यो। साधन-सम्पन्न नयाँ शहरहरुको विकास, [[बारूद]]को आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो ।
 
 
==सामन्तवादको उत्पत्तिको कारण==
राजनीतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मूल कारण थियो । [[रोमन साम्राज्य]]को पतन पछि युरोपको इतिहासमा नवौं र दसौं शताब्दी घोर अराजकताको युग थियो । बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाल्यो । धनजनको सुरक्षा भएन । युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले । यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो । ठूलाठूला जमिनदारहरुले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले । गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए । अत: तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे । आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे । जमीनदारहरुले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले । हतियारले सुसज्जित लडाकुहरु नाइट ({{lang-en|Knight}} कहलाउँथे । तिनीहरुको भरणपोषणको लागि भूमी दिइन्थ्यो , जसलाई मेनर ( {{lang-en|Manor}} ) भनिन्थ्यो । प्रत्येक मेनरको एक गाउँ हुन्थ्यो र नाइट त्यस मेनरको मालिक हुन्थ्यो । कैयौं शताब्दीसम्म ठूलाठूला जमीनदारहरूले नै सरकार चलाए । एउटा बलियो केन्द्रीय सरकारको साटो कैयन् सानासाना सरकारको उत्पत्ति भयो । त्यसप्रकारको व्यवस्थालाई नै सामन्तवाद भनिन्छ ।
Line २२ ⟶ २०:
==सामाजिक स्वरुप==
समाजको स्वरुप एउटा पिरामिड जस्तो थियो । यसको सबैभन्दा माथी राजा र तल्लो भागमा सर्फ थिए । सामन्तसँग प्रशस्त धन सम्पत्ति हुन्थ्यो । राजाले उनको रक्षा गर्थे , किसान सेवा गर्थे र किसानको अवस्था बडो दयनीय थियो ।
 
 
==सामन्तवादका गुणहरू==
 
# राजनीतिक अस्थिरता भएको समयमा देशको रक्षा गर्न सफल भयो ।
# देशमा शान्तिसुव्यवस्था तथा सुरक्षा राख्न सफल भयो ।
"https://ne.wikipedia.org/wiki/सामन्तवाद" बाट अनुप्रेषित