"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाइ बहादुर शाह र काका [[दलमर्दन शाह]]लाई नजरबन्द राखे । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा [[रणबहादुर शाह|रण बहादुर शाह]]लाई राजा बनाई [[रानी राजेन्द्र लक्ष्मी]] र राजकुमार [[बहादुर शाह]]ले नायब भई राज्य सञ्चालन गरेका थिए।
==मृत्यु==
उनको रक्तस्रावले गर्दा १८३४ मङ्सिर महिनामा मृत्यु भयो। उनको लास सँगै आठओटी केटीहरू सती गए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ १९०।</ref> प्रतापसिंह शाहको क्रियाकाज दलजित शाहले गरे, गर्नुपर्ने बहादुर शाहले थियो, तर पाएनन् ।
{{नेपालको शाह राजवंशको वंशवृक्ष}}