"विकिपिडिया वार्ता:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सहकार्य
 
पङ्क्ति ४:
 
:{{Support}}। नीति, निर्देशनहरू एकदमै उपयुक्त र अपरिहार्य छन्। यसमा प्रयोग गरिएको भाषा र हिज्जेहरूमा केही गल्ती भए पनि यी त्यति उल्लेखनीय हैनन् र यसले नीति नियमलाई खासै असर नगर्ने हुनाले पूर्ण समर्थन छ। यस्ता नीति, निर्देशनले विकिपिडियाका सम्पादनलाई ठूलो टेवा दिनेछ। [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]]) १५:५६, २० अप्रिल २०२० (नेपाली समय)
 
:{{Support}} - यो धेरै आवश्यक विषय थियो। यद्यपि रिडाइरेक्ट नीतिमा पनि हामीले छलफल गरी पारित गरेको निर्णय लागू गर्न सकिरहेका छैनौ‌। त्यो विषय यहाँ किन आवश्यक हुन्छ भने यदि [[जङ्गबहादुर राणा]] नामको पृष्ट बनिसकेको रहेछ र अर्को व्यक्तिले "जंगबहादुर राणा" वा विपरीत बनाउन सक्ने हुन्छ। यदि पहिले बनेको लेखको शीर्षकमा शुद्ध हिज्जे छैन भने पछाडी नयाँ बनाउनेको तर्क बलियो हुन सक्छ तर त्यही विषयको लेख पहिले नै हुन्छ। पुरानो लेखको इतिहास समेत कायम गरेर नयाँ शीर्षकमा नाम परिवर्तन (Rename) गर्नुपर्ने हुन्छ। त्यस बाहेक सम्भाव्य अरू (उस्तै लाग्ने तर अशुद्ध) शीर्षक बाट पनि लेख सृजना भए लगत्तै रिडाइरेक्ट बनाएमा यो समस्या केही हदसम्म हट्छ। जस्तो "जंगवहादुर राणा" वा "जङ्गवहादुर राणा" आदि। शम्शेर र शमशेरमा पनि अझसम्म सर्वमान्य मत बनिसकेको छैन। छलफल गरी अगाडी बढौं। --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) १५:५५, २८ अप्रिल २०२० (नेपाली समय)
परियोजना पृष्ठ "लेख शीर्षकहरू"मा फर्कनुहोस्।