"ठुँडो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:BirdBeaksA.svg|thumb|भिन्न भिन्न पन्छीहरूको ठुँडो (चुच्चो)को तुलनात्मक चित्रण]]
'''ठुँडो''' [[पक्षीचरा|पन्छी]]को मुहारको एउटा [[शारीरिक अङ्ग]] हो। यसको प्रयोग गरेर पन्छीले रक्षा वा आक्रमण गर्न, जमिनमा रहेको [[किरा]] तथा [[घाँस]]लाई समात्न, आफूलाई स्वच्छ राख्न, [[बचेरा]]हरूलाई खाना दिन, चिजबिज केलाउन र प्रणय क्रिया गर्ने गर्छ। यो लगभग त्यसै स्थानमा हुने गर्छ जहाँ केही अन्य [[प्राणी]]हरूको [[थुतुनो]] हुन्छ। भिन्न-भिन्न पन्छीको [[जीववैज्ञानिक जाति|जात]]हरूमा ठुँडोको आकार, रङ्ग र ढाँचामा धेरै अन्तर हुने गर्छ तर त्यसको मूल संरचना एक समान हुने गर्छ। ठुँडोको माथिल्लो भाग हड्डीदार र तल्लो भागमा छालाको एउटा [[केराटिन]]-युक्त परत हुन्छ जसलाई [[जीववैज्ञानिक]]हरूले 'राम्पोथेका' भन्छन्। धेरैजसो जातको पन्छीहरूको ठुँडोभित्र स्वासप्रश्वास लिनको लागि दुईवटा छिद्र पनि हुन्छ।<ref>Kaiser, Gary W. (2007). The Inner Bird: Anatomy and Evolution. Vancouver, BC: UBC Press. p. 19. ISBN 0-7748-1343-1.</ref><ref>Hieronymus, Tobin L.; Witmer, Lawrence M. (2010). "Homology and Evolution of Avian Compound Rhamphothecae". The Auk. 127 (3): 590–604. doi:10.1525/auk.2010.09122.</ref>
 
==यो पनि हेर्नुहोस्==
* [[चरा|पक्षी]]
* [[केराटिन]]
 
"https://ne.wikipedia.org/wiki/ठुँडो" बाट अनुप्रेषित