"दासप्रथा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन...
(कुनै भिन्नता छैन)

२०:१२, २० जनवरी २०२० जस्तै गरी पुनरावलोकन

दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । [१]

इतिहास

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

सन्दर्भ

  1. नेपाली बृहत् शब्दकोश (काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५) ।