"साम्यवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ४:
== इतिहास ==
[[प्रथम विश्वयुद्ध]] समाजवादी आन्दोलनको लागि
बोल्शेविक दल रूसका समाजवादी दलहरू मध्येको एउटा दल थियो| १९१७ को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभुमि अन्य युरोपिय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य युरोपको अग्रणी देशहरूभन्दा उद्योगधन्धामा पिछडिएको थियो, यसकारण त्यहाँ मजदूरवर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन्। त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमन नितिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग प्राय अवरुद्ध थियो| यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण समुदायलाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रान्तिकारी मार्गद्वारा जारशाहीको नाश नै लोकतन्त्रवादको सफलताको लागि प्रथम सिढि मानेका थिए| ति विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रान्तितर्फ अग्रसर भए| यसप्रकार नरोदनिक (Narodnik) जनआन्दोलनको सुत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya) सङ्गठन बन्यो। सन् १९०१ मा यसको नाम सामाजिक क्रान्तिकारी दल(Social Revolutionary Party) राखियो। सन् १९१७ को बोल्शेविक क्रान्तिको समयसम्म यो रूसको सबैभन्दा ठुलो समाजवादी दल थियो| तथापी यसको प्रभावक्षेत्रमा अधिकांश ग्रामीण जनता थिए। यसको वामपक्षले बोल्शेविक क्रान्तिको समर्थन गर्यो।
|