"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६३:
==== उद्देश्यहरू ====
कुनै पनि सङ्गठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्।
* अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गर्ने।
* अपराध अनुसन्धान सम्वन्धी नीति निर्देशन र आदेश जारी गरी मातहत अनुसन्धानकर्ता तथा अनुसन्धान सम्वन्धी निकायलाई कार्यान्वयन गर्न लगाउने।
* राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्ने निकायसँग सम्पर्क र समन्वय गर्ने।
* अपराध अनुसन्धान र नियन्त्रणमा भएको कार्य पद्धती, प्रगती विवरणको मूल्याकन गर्न मातहत निकायको निरीक्षण तथा सुपरिवेक्षण गर्ने।
* अनुसन्धान अधिकृतहरूको पदस्थापना, कार्यक्षमताको मूल्यांकन गर्ने र सोको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने गराउने।
* अपराध अनुसन्धानमा दक्ष जनशक्तिको आवश्यक क्षेत्र पहिचान गरी सोही वमोजिम तालीमको व्यवस्था गर्ने।
* राष्ट्रिय तथा सम्वद्ध अर्न्तराष्ट्रिय स्तरका सम्पूर्ण अपराधिक अभिलेख एवं तथ्याङ्क राख्ने साथै सो अभिलेखको विश्लेषण गर्ने र सोही आधारमा अपराध अनुसन्धान सम्वन्धी नीति तथा योजना तर्जुमागरी लागू गर्ने गराउने।
* कुनै एक क्षेत्र, अञ्चल र जिल्लाको भौगोलिक सीमाभन्दा वढी क्षेत्रमा प्रभाव पार्ने किसिमका जघन्य प्रकृतिका अपराधहरूको अवस्था अनुसार अनुसन्धान गर्ने र अन्तर क्षेत्रवीच समन्वय र सहयोग उपलव्ध गराउने भूमिका निर्वाह गर्ने।
* मातहत निकायहरूबाट समाधान हुन र गर्न नसकेका मुद्धा तथा घटनाको केन्द्रबाटै अनुसन्धान गर्न अपरिहार्य भएमा कुनै पनि मुद्धाको अनुसन्धान गर्ने।
* पीडित पक्षको उद्धार सम्वन्धी गतिविधीमा प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरू लागू गर्ने, अपराध स्थिति अनुसन्धानको व्यवस्था आदि विषयमा र्सवसाधारणलाई जानकारी वा सूचना प्रवाहको व्यवस्था मिलाउने।
* क्षेत्र लगायत अञ्चल र जिल्लाका अनुसन्धान शाखालाई आवश्यक पर्ने वैज्ञानिक तथा अन्य श्रोत साधनहरूको समुचित व्यवस्था मिलाउने।
* [[इन्टरपोल]] सम्वन्धी कार्यलाई सुढृढगरी अन्तर्राष्ट्रिय अपराधीहरूको अभिलेख राख्ने साथै सो सम्वन्धी गतिविधी वारेमा जानकारी हासिल गर्ने।
* हाल संचालनमा रहेको सामुदायिक प्रहरी सेवालाई प्रभावकारी अपराध नियन्त्रणका लागि भावी कार्ययोजनाको रूपमा विकशित गर्ने।
 
== कम्प्यूटर निर्देशनालय ==
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित