"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

सा Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
सा robot Adding: nn:Sun Yat-sen; अंगराग परिवर्तन
पङ्क्ति ३:
चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम राजनितिज्ञ थिए| चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ । १२ मार्च १९२५ मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले पनि बडो आदरपूर्वक हेर्ने गरिन्छ । चीनको राजधानी बेइजिङको मुख्य भागमा उनको सालिक स्थापना गरिएको छ ।
 
उनी आˆनो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए । कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको राजनीतिक सुधार हुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्थे ।उन्नाइसौं शताब्दीको अन्त्यतिर चीनमा पनि राष्ट्रिय पुँजीपतिहरूको क्रमिक विकास हुँदै थियो । चीनको विकासको अवरोधका रूपमा घरायसी सामन्तवाद र विदेशी शोषणले गर्दा चिनियाँ जनता कष्टपूर्ण जीवन बाँच्न बाध्य थिए । चीनको विकासका लागि चीनका राष्ट्रवादी मध्यमवर्गीय व्यक्तिहरूले आर्थिक तथा सामाजिक सुधारका माध्यमले सामान्तवादको अन्त्य गर्न चाहे तर तिनीहरूको मध्यमार्गी प्रजातान्त्रिक सत्ता ल्याउने सोच असफल भयो । संवैधानिक सुधार र आधुनिकीकरणको चाहना राख्ने क्याङ ओवी, लियाङ कुइचाओ, तान सिरोङ र यान फूजस्ता सुधारकहरूलाई कुइङ सरकारले लत्याई दियो । सन् १९९८ मा विद्रोह को माध्यमबाट सुधारवादीहरूलाई सत्ताबाट हटाइयो र कतिलाई देश निकाला गरियो कतिलाई जेलमा कोचियो र केहीलाई भने मृत्युदण्ड पनि दिइयो ।
 
सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो । शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो । धेरै चिनियाँ नागरिकहरू मारिए । यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे । ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे । उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे । ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए । ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो । जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे । कुई जिनलाई सहिद बनाइयो । उनी त्यो बेला तेइस वर्षका मात्र थिए । ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए । उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो ।
पङ्क्ति १३:
अक्टोबर १०, १९११ को उचाङ आन्दोलनले विश्वलाई नै चकित बनायो । सन् १९१२ को नयाँ वर्षको पहिलो दिनमा सन यात-सेनलाई नानजिङ प्रान्तको प्रान्तिय राष्ट्रपतिमा नियुक्त गरियो । त्यसै दिन गणतन्त्र चीन स्थापना भएको घोषणा गरियो । फेब्रुअरी १२, १९१२ का दिन कुइङ वंशका अन्तिम राजाले २६७ वर्षको कुइङ राजवंशको समाप्ति गर्दै राज्य त्याग गरे । चीनको दुई हजार वर्षको राजतन्त्रको इतिहास समाप्त भयो ।सन यात- सेनले एक महिना जति प्रान्तिय राष्ट्रपति हुन पाए । त्यसपछि उनलाई हटाएर युयान साहकाई नयाँ प्रान्तिय राष्ट्रपति भए । उनले कुइङ सरकारकै नीतिलाई निरन्तरता दिँदै जनविद्रोहको विपरीत काम गर्न थाले । सङ जिऔरन भन्ने एक जना क्रान्तिकारी नेताको हत्या भयो । उनी पनि त्रियासी दिनमा सत्ताच्यूत गरिए ।
 
सन. १९२५ को मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन । सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ । यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओत्सेतुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ ।
 
[[categoryCategory:इतिहास]]
 
[[an:Sun Yat-sen]]
Line ५९ ⟶ ६०:
[[my:ဆွန်ယက်ဆင်]]
[[nl:Sun Yat-sen]]
[[nn:Sun Yat-sen]]
[[no:Sun Yat-sen]]
[[pl:Sun Jat-sen]]
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित