"निबन्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं) |
465759द्वारा पुनरावलोकन Sahitikvikram (वार्तालाप) खारेज गर्नुहोस चिनो: पूर्ववत |
||
पङ्क्ति ५:
निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे पनि यो आख्याननिरपेक्ष गद्यरचनाका रूपमा देखिन्छ र यसको तात्पर्यगत अर्थ पनि यही हो। वैयक्तिकता निजात्मकता, आत्मप्रकटीकरण, सङ्क्षिप्तता, विषयवस्तुगत स्पष्टता, बौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका आधारभूत तत्त्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन्।
==निबन्धको वर्गीकरण ==
निबन्धका प्रकार यति नै हुन्छन् भनेर यसको अन्तिम र सर्वसम्मत वर्गीकरण गर्न सकिँदैन। साहित्यका अन्य विधाजस्तै निबन्ध पनि परिवर्तन शील विधा भएकाले पछिल्लो समयमा यसका नवनव प्रयोगशील रूपहरू देखिएका छन्। यस अर्थमा पनि निबन्धका प्रकारहरू तद्नुरूप परिवर्तित भइरहेको देखिन्छ। विभिन्न विद्वान्हरूले निबन्धलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् र त्यसका लागि आधारहरू पनि प्रस्तुत गरेको देखिन्छ। बाहृय तथा आन्तरिक तत्त्व, विषयवस्तु, भाषा, शैली, व्यक्तित्वको प्रधानता वा गौणता, आत्मपरकता, वस्तुपरकता आदि विभिन्न आधारमा निबन्धलाई वर्गीकरण गरिएको पाइन्छ। पछिल्लो समयमा देखापरेका विधाञ्जन, विधामिश्रण, विधान्तरण आदिका कारण सिर्जित नवविधा प्रवर्तनका रूपमा पनि निबन्धका नवप्रकारहरू सिर्जिएको पाइन्छ। उदाहरणका लागि राजेन्द्र सुवेदीको 'गुडबाई छोडिजानेहरूलाई' (२०६५) भित्रका सबै निबन्धमा संस्मरण, समालोचना, जीवनी, निबन्ध, नियात्रा, रिपोर्ताज आदि सबैको त्यत्तिकै उपस्थिति पाइन्छ। यस आधारमा हेर्दा निबन्धको वर्गीकरणलाई एकै किसिमले हेर्न मिल्दैन र स्थूल वर्गीकरणले मात्र पनि निबन्धलाई प्रकारीकरण गर्न सकिँदैन ! तसर्थ विभिन्न आधारमा निबन्धको सूक्ष्म वर्गीकरण गर्नु समीचीन हुन्छ। निबन्धको वर्गीकरणका लागि निम्नलिखित आधारहरू उपयुक्त हुनसक्छन् :
|