"डोटी जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
==भौगोलिक अवस्था==
[[File:डोटी जिल्लाको खेतका फाँट.jpg|thumb|डोटी जिल्लाको खेतका फाँट]]
नेपाल अधिराज्यको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा अवस्थित डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा [[कैलाली र कंचनपुर]] जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९०५४२९० ५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तर सम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाईको दृष्टिले 300 मिटर (घाङल गा वि स को पिपलकुण्टा ) देखि ४००० मिटर सम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने 300 मिटर देखि २००० मिटरको उचाई क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।<ref name="ddcdoti">{{cite web|url=http://ddcdoti.gov.np|title=संङ्क्षिप्त परिचय | publisher='''डोटी जिल्ला विकास समिति'''}}</ref>
 
==हावापा‍नी==
यस जिल्लाको भू-बनोट असमान उचाई र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण (Sub-tropical) देखि शितोष्ण (temperate) हावापानी पाइन्छ। सन् १९७६-८६ सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड (मे १९९७) र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड (जनवरी १९८५) रेकर्ड गरिएको छ।
 
==राजनीतिक विभाजन==
पङ्क्ति ४५:
 
== यो पनि हेर्नुहोस ==
डोटी जिल्लाको सुदूर दक्षिणमा रहेको गा•वि•स• लानाकेदारेश्वरमा धार्मिक तथा प्रयटकीय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण पवित्र तिर्थस्थल [[ठूलाकेदारठूला केदार]] छ । यहां कार्तिक शुक्लपक्षको त्रयोदशीका दिन भब्य जांत लाग्छ र उक्त अवसरमा मनोकांक्षा पूरा हुने बिश्वासका साथ भारत सम्मका भक्तजनहरुको घुइचो लाग्छ ।
*[[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रीय वर्गीकरण]]
 
"https://ne.wikipedia.org/wiki/डोटी_जिल्ला" बाट अनुप्रेषित