"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:Helix pomatia (Dourbes).jpg|thumb|''[[:en:Helix pomatia|Helix pomatia]]'',जमीनमा बस्ने शंखेकीराको एक प्रजाती]]
'''शंखेकीरा''' अथवा '''गँड्याल''' एकप्रकारको ढाडमा हाडढाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन्। साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन्।
 
जमीनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन्। यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ। अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये [[:en:Syrinx aruanus|Syrinx aruanus]] नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ।
पङ्क्ति ७:
 
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा [[:en:Pulmonata|(Pulmonata)]] समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक [[:en:paraphyletic|(Paraphyletic)]] समुहमा पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला [[:en:radula|(Radula)]] भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन्।
 
==जमिनमा बस्ने शंखेकिरा==
जमिनमा बस्ने शंखे किरा प्रायः [[बैशाख]] महिना देखी [[कार्तिक]] महिना भित्रको याममा बढी देखिन्छन् । जमिनी शंखेकिराले कृषकहरूलाई निकै नोक्सान पुर्याउछन् यिनीहरूको लार्भाहरूलाई नाम्ले किरा भनिन्छ । नाम्ले किरा भएको घाँस पात खाएमा [[गाई]], [[भैंसी]] तथा अन्य घर पलुवा पशुहरू रोगी भएर मर्न पनि सक्छन् । नाम्ले किराबाट शंखे किरा बने पछी शंखे किरले [[मकै]], [[कोदो]], [[फापर]] आदी अन्न बाली सहित तरकारी बालिका पातहरू खाएर नोक्सान पुर्याउँछ । जिल्ला कृषि विकास कार्यालय, [[पाल्पा जिल्ला|पाल्पा]]का वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताए । यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको [[सुर्ती]]को झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र [[मटितेल|मट्टितेल्]] मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पुर्याउँछ । यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिए । <ref>http://www.republickhabar.com/2017/08/03/19693/ </ref>
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित