"शारदा शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६२:
==प्रारम्भिक जीवन==
 
शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास [[स्याङ्जा जिल्ला]]मा भएको हो ।<ref name="samakalinsahitya"/><ref name="pallawa"/><ref name="nagariknews"/> उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।<ref name="rabinsxp"/>
 
==शिक्षा==
पङ्क्ति ७०:
==कार्य जीवन==
 
जागीरका हिसाबमा उनी नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भइन् । उनी परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत छिन् ।<ref name="rabinsxp"/>
 
==साहित्यिक यात्रा==
 
आठ वर्षका उमेरदेखि शारदा शर्माले लेख्न थालिन् । उनी सानैदेखि संवेदनशील, भावुक र बौद्धिक थिइन् । स्वाभिमान उनको शिरको ताज थियो, सङ्कोचीपन शारदा शर्माको जीवनसँगै टाँसिएको मौलिक गुण थियो । त्यसैले शारदा शर्मा जति बौद्धिक छिन् त्यति नै अन्तर्मुखी छिन् । उनका जीवनका यिनै आधारशिलाबाट उनले राम्रा शब्द कुँद्न सकेकी हुन् । उनका सृजनाका प्रत्येक शब्दमा विम्ब लहसिएको हुन्छ । सृजनाको इतिहासमा शारदा शर्मा कविताबाटै झुल्केकी थिइन् । उनको पहिलो प्रकाशित रचना पनि कविता नै थियो । २०३९ सालमा बी.पी. विशेषाङ्कका रूपमा प्रस्तुत ‘पूजा’ पत्रिकामा शारदा शर्माको ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविता प्रकाशित भएको थियो । साथै उनको प्रथम कृति ‘सीमान्त अनुभूति’ (२०४४) पनि कवितासङ्ग्रह नै थियो र यस कृतिबाट उनी झनै चर्चित बनिन् । यस सङ्ग्रहलाई प्रा.यदुनाथ खनालले आफ्ना न्यायोचित तराजुले जोख्ता शारदाको कवितात्मक मूल्यको गरिमा अझै बढेको देखियो ।<ref name="rabinsxp">{{cite web|url=https://www.rabinsxp.com/blog/2010/03/blog-post_28.html|title=नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –|trans-title=|first=RABINS |last=LAMICHHANE |website=rabinsxp.com|date=MARCH 28, 2010|accessdate=2018-04-09}}</ref>
 
==लेखनशैली==
 
कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र समालोचना लेखेर छोटो समयमा ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । वास्तवमा मुटु र विवेकको दोभान नै शारदा शर्मा हो । त्यति मात्र होइन, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।<ref name="rabinsxp"/>
 
==लेखन एवम मुख्य कृतिहरू==
"https://ne.wikipedia.org/wiki/शारदा_शर्मा" बाट अनुप्रेषित