"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
उनी [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]का अनुभवी थिए । उनले सन् १९१९मा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] ([[नाजी पार्टी]])को सदस्यता लिए तथा सन् १९२१मा सोही पार्टीको नेता बने । सन् १९२३मा उनले एक 'कु'को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण [[मेरो संघर्ष]] लेखे । सन् १९२४मा जेलमुक्त भएपछि उनी [[भर्साइल्सको सन्धि]]को कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदीबिरोधी र [[कम्युनिष्ठ]]बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
 
हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा [[पोल्याण्ड]]माथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवाKJKLKKLKLतशुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३मा हिटलरको केहि सैन्यिय निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५मा [[मित्र राष्ट्र]]को सेनाले जर्मनीमाथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।
 
युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईंताका हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका [[इभा ब्राउन]]सँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा [[लाल सेना]]बाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित