<noinclude>नेपाली शिक्षा क्षेत्र व्यावसायिकरणको उच्चतम विन्दुमा रहेको छ । अहिले ज्ञान तथा शिक्षाको पहुँचको लागी ठूलो रकम लगानी गर्ने वा खर्च गर्नु पर्ने अवस्था रहेको छ । प्रविधिको विकाससँग सँगै ज्ञानको भण्डार पुस्तकालयको प्रयोग पनि ज्यादै न्यून रहेको छ भने प्रविधीकोबाट ज्ञान हासिल गर्नु ज्यादै महँगो तथा असहज रहेको छ । साथ साथै यस देशका कयौ मानिसको प्रविधि तथा शिक्षामा पहुँच भाषाको कारण हुने गरेको छ । कुनै पनि व्यक्तिले अग्रेजी भाषाको ज्ञान नभएको खण्डमा प्रविधिको प्रयोगमा असहज तथा ज्ञान प्राप्तिको लागी कठिन नभएको कारणले प्रविधिको प्रयोगमा भाषाका कारण हुन सक्ने बाधालाई निकारण गरि सकेसम्म प्राय ज्ञानबद्धक सामग्रीहरू नेपाली भाषामा पढ्न सक्ने गरि विकिपिडियाको विकास गरेमा दुरदराज स्थानका नेपाल भाषी प्रयोगकर्ताले समेत प्रविधिको सहि सदुपयोग गरि ज्ञान हासिल गर्न नेपाली विकिपिडियाको महत्वपूर्ण हात रहेको छ । व्यवसायिककरण भएको शिक्षालाई निःशुल्क शिक्षा अभियान मार्फत जनजनमा पहुँच पुर्याई शिक्षा क्षेत्रमा व्यवसायिकरणको कारण आएको नकारात्मक पक्षहरूको निराकरणको लागी मेरो सम्पूर्ण प्रयास विकिपिडियाको विकासको लागी लगाएको छु । <noinclude></noinclude>