"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

सा +fa
सा (GR) File renamed: File:Young Gandhi.jpgFile:Mahatma Gandhi, age 7.jpg this is not Indira Gandhi at any age
पङ्क्ति २९:
 
== प्रारम्भिक जीवन ==
[[चित्र:YoungMahatma Gandhi, age 7.jpg|right|thumb|युवा गान्धी (सन् १८८६)]]
मोहनदास करमचन्द गान्धीको जन्म [[२ अक्टोबर]] [[१८६९]]मा [[पश्चिमी भारत]]को वर्तमान [[गुजरात]]मा रहेको [[पोरबन्दर]] नामक एक तटीय सहरमा भएको थियो । उनका पिता करमचन्द गान्धी [[हिन्दू धर्म]]को मोध समुदायसँग सम्बन्धित थिए र [[ब्रिटिस राज|अङ्ग्रेजको अधीनस्थ भारतको]] काठियावाडमा एउटा सानो [[रजौटा|रियासत]] [[पोरबन्दर|पोरबन्दर प्रान्त]]को [[दीवान (शीर्षक)|दीवान]] अर्थात प्रधानमन्त्री थिए । परनामी [[वैश्य|वैष्णव]] हिन्दू समुदायकी उनकी आमा पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्, उनका पहिला तीन स्वास्नीहरू प्रसवको समयमा मरेका थिए । <strike>भक्ति गर्ने आमालाई देखरेख र त्यस क्षेत्रको [[जैन धर्म|जैन]] परम्पराहरूको कारण युवा मोहनदासमाथि प्रारम्भिक प्रभाव चाँडै नै परेको थियो जसले उनको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।</strike> ती प्रभावहरूमा दुर्बलहरूमा जोशको भावना, [[शाकाहार|शाकाहारी जीवन]], आत्मशुद्धिको लागि [[उपवास]] तथा विभिन्न जातिका मानिसहरूबीच सहिष्णुता सामेल थिए । सन् १८८३ मेमा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी [[कस्तूरबा गान्धी|कस्तूरबा माखनजी]]सँग भयो । जसको पहिलो नाम छोटोमा ''कस्तूरबा'' थियो र उनलाई मानिसहरू प्रेमले ''बा'' भन्थे । यो विवाह एक व्यवस्थित [[बाल विवाह]] थियो जुन त्यस समय त्यस क्षेत्रमा प्रचलित थियो । सन् १८८५ मा जब गान्धी १५ वर्षका थिए तब यीनको पहिलो सन्तान जन्मिए तर उनी केही दिन मात्र जीवित रहे र यसै वर्षको प्रारम्भमा गान्धीका पिता करमचन्द गान्धी पनि परमधाम भए । मोहनदास र कस्तूरबाको चार सन्तान भए जसमध्ये सबै छोरा थिए । [[हरिलाल गान्धी|हरिलाल]] सन् १८८८ मा जन्मिएका थिए भने सन् १८९२ मा [[मणिलाल गान्धी|मणिलाल]], सन् १८९७ मा [[रामदास गान्धी|रामदास]] र सन् १९०० मा [[देवदास गान्धी|देवदास]] जन्मिएका थिए । गान्धीजीले पोरबन्दरमा मिडिल स्कुल र राजकोटमा माध्यमिक विद्यालयको पढाई गरे जसमा उनको शैक्षिकस्तर एउटा औसत छात्रको रूपमा रह्यो । उनले आफ्नो [[मेट्रिक|मेट्रिकको परीक्षा]] [[भावनगर]], [[गुजरात]]को समलदास कलेजबाट गरे जहाँबाट उनलाई उत्तीर्ण गर्न साह्रै कठिनाई भएको थियो । जबसम्म उनी त्यस कलेजमा रहे उनी अप्रसन्न नै रहे किनभने उनको परिवार उनलाई [[बारिस्टर]] बनाउन चाहन्थे ।
[[चित्र:Gandhi and Kasturbhai 1902.jpg|thumb|सन् १९०२ मा गान्धी आफ्नो पत्नीसँग]]