"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| nationality = नेपाली
}}
'''क्षेत्रप्रताप अधिकारी''' (१९९९-२०७०) नेपालका एक नेपालीबहुप्रतिवासली साहित्यकार तथा गीतकार हुन्। जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको ''म त लालीगुराँस भएछु...'', ''मलाई छोडी मेरो छाया...'', गोपाल योञ्जनले गाएको ''शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन...'', कुन्ति मोक्तानले गाएको ''गोठालो जाँदा...'' र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको ''जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ'' बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो।<ref>{{cite book |last1= |first1=|last2= |first2= |year=२०१४ |title=क्षेत्रप्रताप अधिकारी |url=http://nepalihimal.com/article/2679|publisher=हिमालखबर पत्रीका |page= |accessdate=}}</ref> पेशागतरुपमा महीनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर शुरु गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए।मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए।<ref>{{cite book |last1= |first1=|last2= |first2= |year=२०१४ |title=क्षेत्रप्रताप अधिकारी |url=http://nepalihimal.com/article/2679|publisher=हिमालखबर पत्रीका |page= |accessdate=}}</ref>
 
 
==जीवनी==
पिता गजकेशर अधिकारी र माता जनककुमारी अधिकारीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मेका अधिकारीको जन्म विसं १९९९ चैत्र महिनामा [[तनहुँ जिल्ला]]को [[मिर्लुङ]] गाविसको ज्यामरूक बयापानी भन्ने स्थानमा भएको थियो।२०२३ सालमा शान्ता अधिकारी संग वैवाहिक जीवनमा बाधिएका अधिकारीको दुई छोराहरू छन्; अजर अधिकारी र अमन अधिकारी।अधिकारी।जापानबाट नेपाल आउने जापानी हरूलाई नेपाल आउनु अघि दिईने नेपाली भाषाको पूर्वाभिमुखिकरण तालिम ( Orientation training ) दिन जाने अवसर पाएर दुईवर्षसम्म जापानमा पढाएर बस्दा जापानको सोफीया विश्वविद्यालयबाट अर्थशास्त्रमा यम ए (M . A) पास गरेँका उनलाई जापानबाट अध्ययन पूरा गरेर फर्केपछि राजा वीरेन्द्रबाट साझा केन्द्रिय संगठनको सदस्य सचिव पदमा एकतीस सालमा मनोनीत गरिएको थियो। यसै क्रममा उनलाई नेपाली, अंग्रेजी, जापानी र हिन्दी भाषाको ज्ञान भयो र त्यसैमार्फत साहित्यको सेवा गरिरहे।
 
==शिक्षा==