"एड्स" का संशोधनहरू बिचको अन्तर

एड्स
पङ्क्ति ४६:
==संक्रमण==
* असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण
* एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
* सुई तथा सिरिन्जको साझा प्रयोगबाट
* संक्रमित आमाबाट बच्चामा
 
==रोकथाम==
आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।
 
'''बच्ने उपाय'''
* सुरक्षित यौन व्यवहार अपनाउने
* सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
* सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
* एचआइभी संक्रमित महिला गर्भवती नहुने
* यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
* आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
* अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
* रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने
 
==समाजमा एड्स==
===एचआईभी र एड्स: केही भ्रम, केही सत्य===
साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।
 
'''एचआइभी सर्ने माध्यम'''
* असुरक्षित यौनसम्पर्कबाट
* एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
* सुई तथा सिरिन्जको साझा प्रयोगबाट
* संक्रमित आमाबाट बच्चामा
 
'''यसरी सर्दैन'''
* लामखुट्टेले टोकेर
* एउटै भाँडामा खाना खाँदा
* हाछ्यूँ गर्दा, खोक्दा
* एउटै चर्पी प्रयोग गर्दा
* एउटै लुगाफाटो प्रयोग गर्दा
* चुम्बन गर्दा
* सँगै पौडी खेल्दा
* बिरामीको स्याहार-सुसार गर्दा
* परिवारमा सँगै बस्दा
 
==सन्दर्भ==
*[http://myhealthynepal.blogspot.com/2011/12/blog-post.html स्वस्थ नेपाल Healthy Nepal]
*[http://nepalihimal.com/article/156 हिमाल खबर पत्रिका]
*[http://www.onlinekhabar.com/2014/12/212862/ आज विश्व एड्स दिवस, नेपालमा ४० हजार एड्स संक्रमित- अनलाईन खबर]
*[http://narinepal.com.np/hiv-aids-%E0%A4%8F%E0%A4%9A%E0%A4%86%E0%A4%87%E0%A4%AD%E0%A5%80-%E0%A4%8F%E0%A4%A1%E0%A5%8D%E0%A4%B8/ HIV / AIDS एचआइभी / एड्स]
 
{{Commonscat|AIDS}}
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित