"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
 
=='''परिचय'''==
[[चितवन]] जिल्लाको माडी क्षेत्र पनि वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहिआएको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ । माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय अवस्थाका बारेमा अध्ययन, अनुसन्धान र वैज्ञानिक शोधकार्य तयार पार्नु आवश्यक देखिन्छ । पूर्व–पश्चिम राजमार्गको [[भरतपुर_(नारायणी)|भरतपुर]] खण्डबाट दक्षिणतर्फ करिब ३६ किमी परदेखि माडी क्षेत्र शुरू हुन्छ । यो यात्रा सार्वजनिक गाडीका लागि २ देखि ३ घन्टाको हुने गर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, [[गीतानगर]], पकौडी, [[पटिहानी]], [[जगतपुर]] अनि [[चितवन राष्ट्रिय निकुञ्ज]] पार गरेपछि आउने ४ गाविसको क्षेत्रफल ओगटेर रहेको समथर भूभाग नै माडी क्षेत्र हो । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको [[माडी उपत्यका|माडी]] क्षेत्रको कुल क्षेत्रफल २३८.५५ वर्ग किमी रहेको छ । भूबनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ । माडीको चारैतिर घेरिएर रहेको जंगली क्षेत्र भने पहाडी भूबनोटले बनेका छन् । यसरी जगंली भागदेखि चुलिँदै गएका यी भूभागहरु मडी क्षेत्रको उत्तरमा चुरे पर्वत र दक्षिणमा सोमेश्वर पुगेर टुंगिन्छन् । माडीबासीको जीवन भोगाइको अनुभव लामो समयसम्म अस्वाभाविक रुपमा स्थिर रहिरहे पनि पछिल्लो समयमा भने माडीले भौतिक विकासतर्फ अगाडि बढेसँगैं माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।
=='''पृष्ठभूमि'''==
काठमाडौँमा लिच्छवि वंशको शासन शुरू भएपछि लिच्छवि [[राजा]] मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी [[काठमाडौं उपत्यका|काठमान्डौँ]] फर्कने क्रममा चितवनमा [[थारु]] जातिको बसोबास शुरू भएको भन्ने अनुमान गरिन्छ र चितवनमा बसोबासको शुरूवात माडी क्षेत्रबाट भएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथे । हालको माडीको सोमेश्वर त्यतिखेरको एकमात्र [[नेपाल]] र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको प्रस्ट हुन आउँछ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि [[चितवन जिल्ला|चितवन]]को सभ्यता माडीबाट शुरू भएको हुनुपर्छ ।
=='''नामाकरण'''==
हालको [[बघौडा]][[गर्दी]] गाविस मात्र शुरूशुरूमा माडी क्षेत्र थियो । पछि २०२३ सालमा चितवनलाई २२ पञ्चायतबाट ४२ पञ्चायत बनाउने क्रममा अयोध्यापुरी, कल्याणपुर र [[ठोरी]] पञ्चायत थप गरी पाँच पञ्चायतको माडी क्षेत्र थियो । तर, २०३४-०३५ सालमा सीमा पुनर्गठन समिति (२०३२) ले [[ठोरी]]लाई [[पर्सा]] जिल्लामा गाभेपछि माडी हालको आकारमा आएको हो । चार गाविस ओगटेर रहेको यस क्षेत्रको नाम कसरी माडी हुन गयो भन्ने विषयमा सुनिने गरिएका वा भन्ने गरिएका केही विश्वासिला तथ्यहरु यस प्रकारका छन् ।
===१.माण्डव्य ऋषिको नामबाट===
अहिलेसम्मको सबैभन्दा विश्वासिलो तथ्यका रुपमा यसलाई लिने गरिन्छ।जसअनुसार हालको माडी स्थानमा एक जना माण्डव्य ऋषिले तपस्या गरेका हुनाले उनै ऋषिको नामबाट यस स्थानको नाम रहन गएको हो।
पङ्क्ति ३६:
माडीको समग्र विकासलाई पर्यटकीय, ऐतिहासिक, धार्मिक र आधुनिक कृषि फारमका रुपमा सम्भावनासहित भिन्दाभिन्दै चार भागमा विभाजन गरी प्रस्तुत गरिएको छ ।
===१. माडी पर्यटक स्थलका रुपमा===
प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून छ । माडी क्षेत्रको हावापानी, वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक स्थल, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको [[संस्कृति]], तरकारी तथा फलफूल [[खेती]], माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बन्न सक्छन् । चारैतिर पहाड, जंगल र बीचमा उपत्यकाको रुपमा रहेको माडी आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण स्थान छ । माडी कल्याणपुरको लक्ष्मीनिवासमा रहेको सहिद स्मारकमा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द झनै रमाइलो हुन्छ ।माडी क्षेत्रभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरूङ्गी तथा जीवजनावार सजिलैसँग देख्न पाइन्छ । माडीभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा गोद्धकधाम, पाण्डवनगर [[गाउँ]], वाल्मीकि आश्रम, सोमेश्वरगढी, [[गर्दी]] र [[बघौडा]]का थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, [[गोपालनगर, माडी|गोपालनगर]]को माछापालन, लक्ष्मीनिवास गाउँ आदि मुख्य हुन् भने सम्पूर्ण माडी नै एउटा सानो [[संग्रहालय|संग्रहालयजस्तो]] लाग्दछ । [[अयोध्यापुरी]]को जंगली क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट [[मेघौली]] र आसपासका केही क्षेत्र प्रस्ट रुपमा देख्न सकिन्छ । कल्याणपुर गाविसको [[गोपालनगर, माडी|गोपालनगर]]मा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि पर्यटकीय स्थलका रुपमा रहेको छ ।
रहेको छ ।
 
===२. माडी ऐतिहासिक स्थलका रुपमा===
माडीभित्र रहेका ऐतिहासिक महत्त्वका वस्तु वा स्थानहरुले पनि माडीलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएका छन् । समग्र [[नेपाल]]मा नै ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । यो सोमेश्वरगढी रहेको [[पहाडमा]] विभिन्न समयमा विभिन्न किसिमका [[हातहतियार]], [[भाँडाकुँडा]] तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको भए पनि पुरातात्विक विभागले यसतर्फ चासो देखाएको छैन । यो गढी कसले बनायो र कहिले बनायो, अझैसम्म तथ्य थाहा छैन । सामान्यतया [[नेपाल]] र अंगे्रजबीच लडाइँ चल्दा अंग्रेजी [[सेना]] रोक्नका लागि गढी निर्माण गरी १४ जना [[नेपाली]] सेना तैनाथ गरिएको, तर पछि पानीको समस्याले गर्दा तिनलाई त्यहाँबाट हटाई उपरदाङगढी सारिएको भन्ने कुरा कहीँकहीँ उल्लेख गरिएको पाइन्छ । अझ कहीँकहीँ त पाल्पाका [[राजा]] मुकुन्द सेनले निर्माण गर्न लगाएको र पछि अंग्रेजहरुले पनि त्यही पहाडको [[भारत]]तर्फ फेदमा किल्ला निर्माण गर्न लगाएको भन्ने पनि पाइन्छ । तर, यसमा मेरो आपनै अलग विचार छ ।लिच्छवि। लिच्छवि शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका हुन सक्छन् । कसैलाई लाग्दैमा इतिहास मोडिँदैन, तर कुनैकुनै इतिहास विचारकै आधारमा पनि लेखिएका हुन सक्छन् । लिच्छविकालीन राजा अंशुवर्माको समयमा नेपाल र भारतबीच दक्षिणी नेपालको नाकाबाट वाणिज्य व्यापार हुने गथ्र्यो, जुन कुरा इतिहासले स्वीकार गरिसकेको छ । यसरी भारतबाट बोकेर ल्याएको सामान बिसाउने तथा त्यही सामानको कर उठाउन त्यहाँ खटाइएका [[कर्मचारी]] बस्नका लागि त्यो गढीको निर्माण अंशुवर्माले नै गराएका हुन सक्छन् । यो मेरो निजी विचार हो ।त्यस्तैगरी,[[गर्दी]] गाविसको पाण्डवनगर क्षेत्रमा रहेका प्राचीन मूर्ति तथा इनारको पनि धार्मिक साथै [[ऐतिहासिक]] महत्त्व रहेको छ ।
===३. माडी धार्मिक स्थलका रुपमा===
माडीको वाल्मीकि [[आश्रम]] [[नेपाल]]कै एक मुख्य [[धार्मिक]] स्थल हो । माडीभित्र वाल्मीकि आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्वका स्थान, ताल, नदी, [[मूर्ति]] वा [[मन्दिर]] छन् । [[गर्दी]]मा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिक स्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदीकिनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ । यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तीहरु देख्न सकिन्छ ।[[अयोध्यापुरी]] गाविसमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिक स्थल मानिन्छ । [[वैशाख]] शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने यहाँ भगवान् गौतम बुद्धले पनि एक रात बिसाएका थिए भन्ने किम्वदन्ती सुनिँइदै आइएको छ । वैकुण्ठ ताललाई पनि धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा लिन सकिन्छ ।
===४. माडी आधुनिक कृषि फारमका रुपमा===
माडीका चार गाविसका आ–आफ्नै कृषि विशेषता रहेको छ । [[गर्दी]] गाविस तरकारी तथा फलफुल र [[तोरी]] खेतीका लागि प्रख्यात छ । [[बघौडा|बघौडा गाविस]] रेशम खेतीका लागि राम्रो सम्भावना रहेको गाविस हो । त्यस्तै गरी, [[माडीकल्याणपुर|कल्याणपुर]] माछापालन र रेशम खेतीका लागि परिचित छ भने [[अयोध्यापुरी]] गाविस धान र मकै खेतीका लागि उर्वर मानिन्छ । यसरी हेर्दा माडीका चारै गाविस धान, तोरी, रेशम र माछाका लागि प्रख्यात छन् । माडीको मौसम र माटोको प्रकार राम्रो खालको हुनाको कारणले पनि माडी पशुपालन वा कृषि दुवै कुराका लागि उत्कृष्ट छ ।
=='''चुनौतीहरु'''==
माडी क्षेत्र [[पर्यटकीय]], ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि प्रचारप्रसारको कमीले गर्दा भौतिक विकासमा अझै पनि पछि परेको छ । माडीभित्र रहेका महत्वपूर्ण स्थान वा वस्तुको सामान्य प्रचारसम्म पनि हुन सकिरहेको छैन । माडीको भौतिक विकासलाई प्रत्यक्ष असर पारेका केही कुराहरुलाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।
:१. सदरमुकाम भरतपुर र माडीका बीचमा चितवन राष्ट्रिय निकुञ्ज पर्नु।
:२. [[चितवन राष्ट्रिय निकुञ्ज]]का नीति–नियमहरु।
:३. माडीको चारैतिरको सिमानामा जंगली भाग रहनु।
:४. बसाइसराइँ।
:४. [[बसाइसराइँ]]।
:५. माडीभित्र प्रशस्त संख्यामा खहरे खोला हुनु।
:६. माडीभित्र रहेका महत्वपूर्ण स्थान वा वस्तुको प्रचारप्रसार हुन नसक्नु।
:७. [[अशिक्षा]] र [[गरिबी]]।
:८. माडी हुँदै पुग्न सकिने अन्य कुनै [[प्रख्यात]] ठाउँ नहुनु ।
:९. अस्थिर [[राष्ट्रिय]] राजनीति।
:१०. माडीप्रति राज्यपक्षबाट बेवास्ता गरिनु।
{{CitiesOfNepal}}