"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
वनवासको समय विताएपछी पाण्डवहरू [[विराटनगर]] का राजा विराटको राज्यमा गएर गुप्तरुपले रहेका थिए । राजा विराटको राज्यमा गुप्तवास बिताउँदा द्रौपदी विराट राजाकी रानीकी सुसारे भएकी थिइन् । त्यहाँ उनले आफ्नो नाम सैरन्ध्री भनेकी थिइन् । एक वर्षसम्म सैरन्ध्रीको रुपमा विराट राजाकी रानीको टहल गरेर बस्दा कसैले पनि यी द्रौपदी हुन् भन्ने थाह पाएनन् ।<ref name= "महाभारत"/>
===किचक द्वारा द्रौपदीको अपमान===
राजा विराटका सालाको नाम किचक थियो । उनी स्त्रीप्रती निकै लोभिने स्वभावका थिए । किचक राजा विराटका मुख्य मन्त्री तथा एक योद्धा पनि थिए । एक दिन किचक आफ्नो बहिनी भेट्न राजा विराटको दरबारमा गए । त्यहाँ द्रौपदीलाई देखेर उनी द्रौपदी प्रति निकै आकर्षित भए । उनले दिनहुँ जसो द्रौपदीलाई आफूसँग विवाह गर भन्न थाले । किचककी दिदी अथवा विराट राजाकी रानी पनि द्रौपदीलाई विभिन्न बाहनाहरू बनाएर किचकको घरमा पठाउने गर्थिन् । द्रौपदीलाई किचकबाट बच्न निकै गाह्रो भएको थियो । एक दिन त किचकले राजशभामा नै द्रौपदीलाई लात्ती हानेको थियो । त्यही दिनको राती भिमसेनसँग यो कुराको जाहेर गरिन् । भीमसेनको योजना अनुसार द्रौपदीले किचकलाई रातमा बोलाइन् । द्रौपदीले बोलाएकोले राती किचक विराट राजाको दरबारमा आयो । द्रौपदीले किचकलाई जहाँ भेट्नु भनेकी थिइन् त्यहाँ भिमसेन लुकेर बसेका थिए । किचक आएपछी भिमले उनसँग युद्ध गरेर मारे । भोली पल्ट किचक मरेको हल्ला सुनेर किचकका भाइहरू (जसलाई उपकिचकहरू भनिएको छ) ले द्रौपदीलाई किचकको लाससँगै जलाउने योजना बनाए । उनीहरूले द्रौपदीलाई बाँधेर लैजाँदै थिए, त्यसै बेलै भिमले ति सबैलाई मारेर द्रौपदीको उद्धार गरे । <ref name= "महाभारत"/>
==द्रौपदी कुरुक्षेत्रको लडाईंमा==
पाण्डवहरूले आफ्नो प्रतिज्ञा अनुसार वनवास र गुप्तवास पुरा गरेर कौरवहरूसँग आफ्नो राज्य मागे तर कौरवले पाण्डवलाई राज्य दिएनन् । कौरवहरू पाण्डवलाई राज्य फिर्ता नगरेका कारण [[कुरुक्षेत्र]]मा कौरव पाण्डवको युद्ध भयो । यो युद्ध १८ दिनसम्म चलेको थियो । यो युद्धमा पाँच [[पाण्डव]], [[सात्यकी]], [[कृष्ण]], [[अश्वत्थामा|द्रोणी]], [[कृतवर्म]], [[कृपाचार्य]] र युयुत्सु बाहेक त्यो बेलाका सबै योद्धा वीरहरू मारिएका थिए । द्रौपदीका पाँच पुत्रहरू पनि यो युद्धमा द्रोणीले मारिदिएका थिए । महाभारतको युद्ध पश्चात भिम र अर्जुन हामीले युद्धमा धेरै योद्धाहरू मारेर लडाईं जित्यौं भनेर घमण्ड गर्न थाले । यो देखेर भगवान कृष्णले युद्धको सबै विवरण देखेको एक टाउकोसँग लगेर गए त्यो टाउको राजा बरबरेकको थियो । महाभारतको युद्धको कुरा सुनेर राजा बरबरेक आफुसँग भएको थोरै सेना र तीनवाटा बाण ल्याएर लडाईंमा जसको सेना कम छ त्यतै तर्फ सहयोग गर्ने भनेर आएका थिए ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित