"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (HotCat द्वारा श्रेणी:नोबेल पुरस्कार जोडियो)
|image = Nobel Prizes.png
|alt = A golden medallion with an embossed image of Alfred Nobel facing left in profile. To the left of the man is the text "ALFR•" then "NOBEL", and on the right, the text (smaller) "NAT•" then "MDCCCXXXIII" above, followed by (smaller) "OB•" then "MDCCCXCVI" below.
|description = उत्कृष्ट योगदान गरेबापत [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]], [[साहित्यमा नोबेल साहित्य पुरस्कार|साहित्य]], [[शान्तिमा नोबेल शान्ति पुरस्कार|शान्ति]], [[क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्साशास्त्र]], र [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]]
|presenter = [[स्वीडिश एकेडमी]]<br />नोबेल समितिको शाही स्वेडिस एकेडमी <br />नोबेल समितिको कारोलिन्स्का संस्थान<br />नोरवेगियन नोबेल समिति
|country = [[स्वीडेन]]<br />[[नर्वे]] (शान्ति पुरस्कार मात्रै)
 
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]]
नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ 'डाइनेमाइट'का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । [[नोबेल फाउन्डेसन]] द्वारा [[स्वीडेन]]को वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]], [[साहित्यमा नोबेल साहित्य पुरस्कार|साहित्य]], [[शान्तिमा नोबेल शान्ति पुरस्कार|शान्ति]], [[क्रिया विज्ञान तथा चिकित्साशास्त्रमाचिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्साशास्त्रचिकित्सा]], र [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]] क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति [[स्वीडिस बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक [[ज्यां हेनरी ड्युना]] र [[फ्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइएको थियो । <ref name="नोबेल">{{cite web | url=http://nagariknews.com/opinion/story/9063/9063.html | title=नोबेल पुरस्कार | accessdate= November 2013}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/420912" बाट अनुप्रेषित