"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Ano-Novo 2010 na Lagoa Paulino, Sete Lagoas MG.jpg|thumb|250px|नयाँ बर्ष मनाइदै]]
'''नयाँ वर्ष''' प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा बर्ष वा सालको सुरुवातलाई भनिन्छ। [[नेपाल]] लगायतका [[विक्रम संवत]] मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने [[इस्वी संवत]] मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ प्रेमीप्रेमिका इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छगरिन्छ। यस दिन [[सार्वजनिक बिदा]] पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
 
==नेपालमा नयाँ बर्ष==
पङ्क्ति ७:
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित [[नेपाल]]को राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ। यस पात्रोमा वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। राजा [[विक्रमादित्य]]ले सुरुवात गरेको विक्रम संवतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र सम्शेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो।
===नेपाल संवत===
नेपाल संवतको सुरुवात [[शंखधर साख्वा]]ले गरेका थिए। नेपाल संवत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन [[विक्रम संवत]]को कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन्।
 
===ल्होसार===
{{main|ल्होसार}}
पङ्क्ति ३४:
==यो पनि हेर्नुहोस==
*[[पात्रो|क्यालेण्डर]]
*[[नेपाल सम्वत्संवत क्यालेण्डर]]
*[[हिन्दू पञ्चाङ्ग|हिन्दू क्यालेण्डर]]
*[[चीनियाँ क्यालेण्डर]]
*[[नेपाली क्यालेण्डर]]
*[[इस्लामी क्यालेण्डर]]
*[[जर्जियनग्रेगोरियन क्यालेण्डर]]
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित