"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये छन्द, रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :
====छन्दविधान====
छन्द ग्रिक शब्द metron बाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।<ref>लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), '''कविता सिद्धान्त र नेपाली कविताको इतिहास''', काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान</ref> यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले '''छन्द'''को संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।<ref>शर्मा, ----- (२०५५:१९), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
पङ्क्ति ६७:
यसरी भानुभक्तीय रामायणमा छबटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । यसबाट भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि प्रभाव पर्ने कुरा अझै पनि यथावत् रहिरहेको छ ।
=====रामचरितमानसमा छन्द=====
तुलसीदासको रामचरितमानस आख्यानात्मक संरचना भएको महाकाव्य हो । यसमा शास्त्रीय छन्द र लोकछन्द दुबैको प्रयोग भएको छ । आख्यानात्मक संरचना भएको काव्यका निमित्त दोहा र चौपाईलाई उपयुक्त ठहर्याई मानसभित्रका यावत् आख्यानात्मक प्रसङ्गमा तुलसीले सेही अनुसार प्रयोग गरेका छन् । रससिद्ध कविका लागि छन्द-बन्धन स्वीकार्य हुदैन तापनि तर छन्द गतिको मर्यादा हो । गति सजीवताको द्योतक हो, त्यसैले तुलसीले आफ्नो काव्यमा छन्दको समुचित निर्वाह गरेका छन् । उनले बिचबिचमा प्रसङ्गानुसार अन्य छन्दको पनि प्रयोग गरेका छन्, जसअनुसार मात्रिक छन्दमा चौपाई, तोमर, कवित्त, छप्पय, डिल्ला, त्रिभंगी, हरिगीतिका आदि र वार्णिक छन्दमा इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी, वसन्ततिलका, वंशस्थ, शार्दूलविक्रीडित, स्रग्धरा, अनुष्टुप् जस्ता छन्दहरू रहेका छन् । रामचरितमानसमा छन्दहरूको स्थितितर्फ सङ्केत गर्दै प्रारम्भमा तुलसीदास स्वयंले यस्तो उद्घाष गरेका छन्— '''छन्द सोरठा सुन्दर दोहा । सोइ बहुरङ्ग कमलकुल सोहा''' (तिवारी...पूर्ववत्)। <ref>तिवारी,डा.रामचन्द्र (सन् १९९९ : ८६), '''कथा रामकै गूढ''', वाराणसी : विश्वविद्यालय प्रकाशन</ref> वास्तबमा कविको उद्गार सटीक, सार्थक र उपयुक्त देखिएको छ, किनभने छन्द, सोरठा, दोहाजस्ता सुन्दर कमलहरू काव्यरूपी सरोवरका शोभा हुन् ।
<br />
छन्दप्रयोगमा तुलसी अत्यन्त सचेत देखिएका छन्, किनभने उनले कथाप्रवाह, अनुभूतिगत आवेग, पात्रको गरिमा तथा नाद–सौन्दर्यका साथ छन्द–सामन्जस्यमा पूरा पूरा ध्यान दिएका छन् । छन्द परिवर्तन गर्ने कलामा पनि उनी निपुण देखिन्छन् । उनले जतासुकै छन्द परिवर्तन गरेको भेटिँदैन । छन्द परिवर्तन गर्दा उनले पूर्ववर्ती छन्दमा वर्णित उक्तिको अन्तिम अंशबाट परवर्ती छन्द–रचनाको आरम्भ गरेका छन् । यस किसिमको प्रयोबाट उनले कथालाई खण्डित हुनबाट सर्वथा बचाएका छन् । उदाहरणका लागि तलको उद्धरण हेरौं—