"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

जिल्लाको श्रेणीमा थपिएको
पङ्क्ति ३२:
==सूचना प्रविधि र संचार माध्यम==
सूचना प्रविधिको विकासमा पनि रामेछाप निकै पछाडि परेको जिल्ला हो । रामेछापमा राजधानीबाट प्रकाशन र प्रसारण हुने टेलिभिजन तथा रेडियोहरु सहज रुपमा सुन्न सकिए पनि आफ्नै पहलमा कुनै गतिविधि भएको पाइँदैन । नजिकैको सोलुखुम्बू र दोलखाले एफएम रेडियो नै भएपनि संचालनमा ल्याएका छन् । केबल टेलिभिजनको सुविधान उपल्वध गराएका छन् तर रामेछापमा त्यो सुविधा अझै प्राप्त भइसकेको छैन ।
रामेछापमा २०५६ साल पुसमा चुनबहादुर गुरुङ, यज्ञ ढकाल र दिनेश बस्नेतले सुरु गरेको रामेछाप मासिक नै रामेछाप जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पहिलो पत्रिका हो । यहाँका राजनीतिक दलहरुले मुखपत्रका रुपमा विविध खाले प्रकाशन गरेपनि औपचारिक रुपमा दर्ता भएर सुरु गरिएको यो नै पहिलो पत्रिका मानिएको छ। यसलगत्तै रामेछापमा पूर्वेली आवाजलगायतका साप्ताहिक पत्रिका दर्ता भएका थिए । हाल पत्रकार दिनेश बस्नेतले सिन्धुली डट कम, दोलखा डट कमजस्ता अनलाइन चलाइरहेका छन् भने दिनेश बस्नेत डट कम डट एनपीमा रामेछापका गतिविधिहरु हेर्न सकिन्छ । अहिले भने जनपुष्प, रामेछाप सन्देशलगायत आधा दर्जन पत्रिका रामेछापबाट प्रकाशन भइरहेका छन् । तर, रामेछापबाट राजधानीबाट प्रकाशन तथा प्रसारण हुने दैनिक, साप्ताहिकका साथै रेडियो र टेलिभिजनका लागि भने रामेछापमा प्रतिनिधि रहेका छन् ।
रामेछापमा हरेक गाविसमा हुलाक रहेका छन् । जसको संख्या ५५ रहेको छ। तर, पछिल्लो समयमा आएको प्रविधिको विकासले हुलाक सेवा प्रभावहीन भइसकेको छ। अब यि हुलाकहरुलाई गाविसस्तरमै सूचना प्रविधि केन्द्रको रुपमा विकास गर्न नसक्ने हो भने हुलाक केहीलाई जागिर खुवाउने थलोका रुपमा मात्र रहने देखिन्छ ।
विश्वमा सूचना प्रविधिको विकासले ठुलो फड्को मारिसक्दा पनि रामेछाप सदरमुकामबाहेकका स्थानमा इमेल, इन्टरननेट अझै दुर्लभ छ । यद्यपि पछिल्लो समयमा मोबाइलमार्फतसमेत इन्टरनेट सुविधा प्राप्त भएकाले महंगो महशुल तिरेर भए पनि इमेल इन्टरनेटको प्रयोग बढ्दो छ। विगतका गरिएको अनुचित भौगोलिक विभाजनका कारण रामेछाप हुनुपर्ने दोलखा र दोलखा हुनुपर्ने भूभाग रामेछापमा परेकाले पनि सुविधा उपभोगमा जनता मर्कामा परेका छन् । त्यसले राज्य पुनःसंचरनामा सुविधा र सेवा उपलव्धतामा विषमता रहेको छ।
 
==सडक र उपयोग==
रामेछाप जिल्लाका प्रायः सबैजसो प्रमुख बजारमा कच्ची सडक पुगेको छ। रामेछापमा हालसम्म ३४ किलोमिटर सडक बनेको तथ्याङक छ । रामेछापको सदरमुकाम मन्थली, रामेछाप डाँडा, साँघुटार, ठोसे, बाम्ती, बेताली, तिल्पुङ, सालु, र कोसी वारिका पनि सबैजसो भाग फुलासी, डडुवा, दोरम्बा, चौरी, गाल्बामा कच्ची नै सही सडक पुगेको छ । तर, यि सडकहरु तराईको चामल बेसाउने बाटोका रुपमा मात्र प्रयोग भइरहेका छन् । सडकलाई सही तरिकाले प्रयोग गर्दा रामेछापले आम्दानीका स्रोतहरु पनि पहिल्याउनुपर्ने हो तर राजधानीबाट सामान ओसार्ने तर राजधानीतिर केही नपठाउदा गाउँको अवस्था कष्टकर नै छ ।