"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
कुरुक्षेत्र युद्धको दोस्रो दिन भीष्म र अर्जुन तथा द्रोण र धृष्टद्युम्नको लडाइँ भएको थियो। आचस्र्य द्रोणले धृष्टद्युमन माथी तीखो वाण चलाएर उनलाई घाइते तुल्याइदिए। धृष्टद्युम्न अलिकति पनि आत्तिएनन्। उनले पनि आचार्यमाथि वाणको वर्षा गरे। आचार्यले सहजै ती वाणहरू काटे। यश युद्धमा धृष्टद्युमनको सारथि मारिए। त्यसैले राजकुमार धेरै रिसाए। उत्तेजित भए गह्रौँ गदा हातमा लिएर उनी द्रोणमाथि जाइलागे। आचार्यले वाणद्वारा चूरचूर गरिदिए। फेरी धृष्टद्युम्न तरबार लिएर जाइलागे। तर द्रोणले वाणहरूको वर्षाले राजकुमारको शरीर नराम्रो सँग छेडिदिए। उनको अवस्था यतिसम्म भयो कि धृष्टद्युम्न हलचल पनि गर्न सकेनन्। राजकुमारको यस्ती अवस्था देखेर भीमसेन उनको रक्षाको लागि आए। उनले द्रोणाचार्य माथि व्कै एकैसाथ वाणको वर्षा गरिदिए। यसबाट द्रोण पलभरका लागि थाके। यही मौका पारेर भीमसेनले धृष्टद्युम्नलाई आफ्नो रथमा बसाए, अनि युद्धकहेत्रबाट बाहिर निकाले
===छैटौं दिन===
छैटौं दिनको युद्धमा भीम रथबाट झरेर शत्रु सेना भित्र प्रवेश गरे। भीमको रथमा भीमलाई नदेखेर धृष्टद्युम शङ्कित भए। कतै सारा कौरव एकैसाथ मिलेर भीमसेन माथि हमला गरे कि भन्ने डर उनलाई लाग्यो। यस्तो सोचेर पाण्डव सेनापती धृष्टद्युम्न पानी आफैं सेनाभित्र घुसे। केही पर शत्रुको समूहमा भीमसेन देखा परे। भीमसेनलाई हातमा गदा लिएर उभिरहेको उनले देखे। सारा शरीर घाउले छ्यापछ्यप्ती थियो।थियो।शत्रुदलको वीरहरूले भीमसेनलाई चारैतिर बाट घेरेर वाणको वर्षा गरिरहेका थिए। यस्तो देखेर धृष्टद्युम्नको हृदय अभिमान र श्रद्धाले पूर्ण भयो। उनले भीमलाई जोगाउँदै तानेर रथमा बसाले। दुर्योधनले आफ्ना सैनिक्सँग भने-"द्रुपदकुमार र भीमसेन माथि जाइलाग। दुइटै बाँच्न नपाउन्।" आदेश सुन्नासाथ कयौं कौरव वीरहरू एकै सस्थ ती दुईमाथी जाइलागे। यस्तो देखेर धृष्टद्युम्नलाई सहिनसक्नु भयो। उनले कौरव माथि मोहनास्त्रको प्रयोग गरे। यसले गर्दा सबै अचेत भए। उनले मोहनास्त्रको प्रयोग द्रोणाचार्य सँग सिकेका थिए। यत्तिकैमा दुर्योधन त्यहाँ आइपुगे र मोहनास्त्रको प्रभाव हटाउने अस्त्र चलाई सेनालाई जगाए। कौरव सेनाले धृष्टद्युम्न माथि निकै जोरसँग आक्रमण गरे।
 
यसै समय अभिमन्यु आफ्नो सेनाका साथ धृष्टद्युम्नको मद्दतम पुगे। मद्दत पाएपछि धृष्टद्युम्न अझै उत्साहका साथ लड्न थाले। यता भीम पनि विश्राम गरेर कैकेय राजको रथमा चढेर कौरव माथि भीषण प्रहार गर्न थाले। तर द्रोणको पराक्रम अगाडि सबैको वीरता फिकाजस्तो देखिन्थ्यो। द्रोणले द्रुपदकुमारको सारथि र घोडाहरू मारिदिए। उनको रथ पनि चकनाचुर भयो। त्यसपछि धृष्टद्युम्न अभिमन्युको रथमा गएर चढे र अविचलित भावले युद्ध जारी राखे। तर द्रोणले यस्तो उत्पात मच्चाए जसबाट पाण्डव्सेनाको अडान टुट्न गयो र उनीहरूको हृदय काँप्न गयो।
 
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित