"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सुधार गरियो
पङ्क्ति २४:
}}
 
'''माघे संक्रान्तिसङ्क्रान्ति''', मकर संक्रान्तिसङ्क्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
 
ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखिसङ्क्रान्तिदेखि सूर्य [[धनु राशि]]बाट [[मकर राशि]]मा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्तिसङ्क्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि ([[साउने संक्रान्तिसङ्क्रान्ति]]) र मकर राशि (माघे संक्रान्तिसङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य [[दक्षिणी गोलार्ध]]बाट [[उत्तरी गोलार्ध]] तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
 
माघे/मकर संक्रान्तिसङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै [[घिउ]], [[चाकु]], तिलको लड्डु र [[तरुल]] खाई मनाइन्छ। यस पर्वमा [[देवघाट गाउँपालिका|देवघाट]], [[बराहक्षेत्र]], [[रिडी]], [[पनौती नगरपालिका|पनौती]], [[दोलालघाट]], [[कन्काई नदी|कन्काई]] तथा भारतको [[प्रयाग]] र [[गङ्गा सागर]] लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। [[भविष्य पुराण]], विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी [[घिउ]], [[चाकु]], तिलको लड्डु, सागपात, [[तरुल]], वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई [[घिउ]], [[चाकु]], [[तरुल]], लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमासङ्क्रान्तिमा शरीर शुद्ध गरी [[घिउ]], [[चाकु]] र तिल तथा [[खिचडी]] खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
'''माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।'''
'''स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥'''
(मकर संक्रान्तिसङ्क्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।)
[[महाभारत]] का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए|त्यसैले माघे संक्रान्तिसङ्क्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।
[[File:Maghe.jpg|thumb|माघे संक्रान्तिमासङ्क्रान्तिमा बनाइने परिकार]]
 
==नेपालमा माघे संक्रान्तिसङ्क्रान्ति==
 
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई [[थारु जाति]]ले [[माघी]] भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, [[मगर जाति]]ले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, [[नेवार जाति|नेवार]], गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
पङ्क्ति ५२:
====झापा====
यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी [[कन्काई नदी|कन्काई]]मा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको [[सिलिगुडी]], [[दार्जिलिङ]] र [[सिक्किम]] क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।
[[File:कनकाई माघे संक्रान्तिसङ्क्रान्ति मेला २०७१ क.JPG|thumb|कन्काई माघे संक्रान्तिसङ्क्रान्ति मेला बि. स. २०७१ मा]]
 
====सुनसरी====
पङ्क्ति ६३:
मुख्य लेख : [[तारूका गोरू मेला]]
 
नुवाकोटको [[तारुका|तारूकामा]] प्रत्येक वर्ष माघ १ गते वा माघे संक्रान्तिकासङ्क्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ । यो मेला अन्तर्गत तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले [[नुवाकोट जिल्ला]]को सदरमुकाम [[विदुर]]देखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्त्व बोकेको छ ।
 
===पश्चिम नेपाल===
[[दैलेख जिल्ला|दैलेख]] लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर संक्रान्तिलाईसङ्क्रान्तिलाई '''चेलीत्यार''' भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा [[तरुल]] खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर ([[सेल रोटी|सेलरोटी]]), पकाएर पहिले [[काग]]को लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ । गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रात भर कसैले [[डेउडा गीत|देउडा]] लगायत विभिन्न नाचगान गर्छन् भने कसैले [[गाउँ खाने कथा]], दन्तेकथा गरेर रात काट्छन् । बिहान भएपछी नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू "कौवा का का, बाबर खा खा" भनेर बोलाउछन् । त्यस पछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँडेने चलन छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर संक्रान्तिकोसङ्क्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुगाउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् । यस्तै भारतको [[कुमाउँ]]मा यस पर्वला '''घुघुती को त्यार''' भनिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई गुडको पानिमा मुछेर घुघुती बनाएर घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तलेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपाल जस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।
 
====रिडी====
पङ्क्ति १०७:
 
===मगर जाति<ref>http://www.ekantipur.com/np/2067/10/1/full-story/323569/</ref>===
नेपालका मगर जातिहरू बीच माघे संक्रान्तिसङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ ।
मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन्।वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन्। अबेर वन-तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।
 
पङ्क्ति १२३:
====चित्र दिर्धा====
<gallery>
 
File:Magar woman dancing with traditional basket in Maghe Sakranti festival.jpg|माघे सङ्क्रान्तिमा मगर महिला नाच्दै
File:Maghiparwa.JPG|माघी पर्वमा थारू महिलाहरू
Line १३० ⟶ १२९:
File:Maghe Sankranti 3.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका सखरखण्ड र तरूल
File:Maghe Sankranti 2.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका परिकारू
 
</gallery>