"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
सुधार (By FindAndReplace)
पङ्क्ति ५५:
 
=== २०४६ देखि २०५४ ===
जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्रसङ्घराष्ट्र|संयुक्त राष्ट्र सङ्घ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार'बाट उनी सम्मानित भए।
[[File:Ganesh Man Singh Statue.JPG|thumb|त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रहेको गणेशमानसिंहको शालिक]]
२०४९ सालमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को [[झापा जिल्ला]]को कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री [[गिरिजाप्रसाद कोइराला]]सँग उनको मतभेद हुन पुग्यो। २०५१ साल भदौमा उनले [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]] छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित