"बास्टियन स्वाइन्स्टाइगर" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
पङ्क्ति ७५:
२००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरे यता ३ [[फिफा विश्वकप]] र ३ [[युइएफए युरोपेली च्याम्पियनसिप|युइएफए यूरो]]मा जर्मनीको फुटबल सँगसँगै हिँडेका स्वाइन्स्टाइगरले राष्ट्रिय टोलीका लागि १०८ खेलमा २३ गोल गरिसकेका छन् ।
==खेल्ने तरिका==
जर्मनीको [[कोल्बेरमुर]]मा जन्मिएका स्वाइन्सटाइगर आफ्नो जादुयी खेलले सबैलाई मन्त्रमुग्द पार्न खप्पिस मानिन्छन् । स्वाइन्स्टाइगर मध्यपंक्तिको सम्पुर्ण क्षेत्रमा सक्रिय रहन्छन भने दायाँ र बायाँ विङ्गमा पनि आफ्नो जादु छोड्न सफल मानिन्छन् । स्वाइन्स्टाइगरका केही डरलाग्दा लामो दुरीका प्रहारहरू देख्दा उनमा असिमित शक्ति भरिएको झैँ लाग्छ । "मिड-फिल्ड मोटर"को उपनाम पाएका उनी खेललाई राम्ररी पढ्न सक्छन् । प्रशिक्षक [[जोएचिमयोआखिम लो]]ले त झनै उनलाई जर्मन राष्ट्रिय फुटबल टोलीको मस्तिष्कको उपमा दिएका छन् । "मिडफिल्ड मास्टरमाइन्ड" उनको अर्को उपनाम हो ।
==व्यक्तिगत जीवन==
उनका प्रशंसकले उनलाई "स्वाइनी" वा "बास्टी" भनेर चिन्दछन् । टेनिस खेलाडी [[एना इभानोभिक]] उनकी प्रेमिका हुन् । उनी रोमन [[क्याथोलिक]] हुन् ।