"एडम स्मिथ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ४८:
 
====वेल्थ अफ नेशन्स====
ड्यूकका निजी शिक्षक भएकोले स्मिथलाई ड्यूकसंगड्यूकसँग यूरोप र विशेष गरी फ्रान्सको भ्रमण गर्ने र त्यहांका [[प्रकृतिवाद|प्रकृतिवादी]] अर्थशास्त्री तरगो, क्वेने आदिसँग भेट गर्ने अवसर प्राप्त भयो । प्रकृतिवादी अर्थशास्त्रीहरु व्यक्तिगत स्वतन्त्रताका पक्षपाती थिए । उनीहरूले व्यक्तिगत जीवनमा सरकारी हस्तक्षेप हुनुहुंदैन भन्ने कुरामा जोड दिन्थे । प्रकृतिवादी अर्थशास्त्रीहरुका यस विचारको छाप उनको पुस्तकमा स्पष्ट अनुभव गर्न सकिन्छ । त्यस बेलाका प्रसिद्ध दार्शनिक डेविड ह्यूमसँग उनको विशेष मित्रता थियो । ह्यूम स्मिथभन्दा १० वर्षले जेठा थिए ।
<br />
सन् १७६६ मा विदेश भ्रमणबाट आए पछि<br />
स्मिथ आफ्नो जन्म स्थान किर्काडी फर्केफर्के। । त्यहांत्यहाँ आफ्नी आमाको स्नेहपूर्ण वातावरणमा रहेर उनले [[द वेल्थ अफ नेसन्स|वेल्थ अफ नेशन्स]]को लेखन कार्य पूरा गरे । जुन सनर १७७६ मा प्रकाशित भयो । यसै वर्ष अमेरिका ब्रिटिश राजतन्त्रको उपनिवेशबाट स्वतन्त्र भएको थियो । पहिलो पुस्तक जस्तै यस दोस्रँे पुस्तकबाट पनि उनले निकै धन र यश प्राप्त गरे । यस पुस्तकको पूरा नाम हो An Enquiry into the Nature and Causes of the Wealth of Nations अर्थात् राष्ट्रहरुका धनको कारण र प्रकृति बारेमा एक खोजी ।
<br />उनको यस पुस्तकमा विस्तृत धारणाहरु पाइन्छन् तथा अर्थशास्त्र यसको एक भाग मात्र हो । यो पुस्तक विश्वको एक श्रेष्ठतम रचना मानिन्छ । वस्तुतः एडम स्मिथको कृति एक सुरुआत थियो । यसको प्रकाशनको १६० वर्ष पछि जे एम केन्सको पुस्तक The General Theory of Employment, Interest and Money अर्थात् रोजगार, ब्याज र मुद्राको सामानय सिद्धान्त । सन् १९३६ मा प्रकाशित भयो । यस अवधिमा अर्थशास्त्रको विकास अनेक चरणमा भयो । यस अवधिको लगभग मध्य भागमा पूँजीवादको भत्र्सना गर्दै कार्ल मार्क्सको Das Kapital अर्थात् पूंजी प्रकाशित भयो । सन् १८६७ मा प्रकाशित भयो । [[क्लासिकल]], [[नवक्लासिकल]], [[उपयोगितावादी]], इतिहासवादी, [[समाजवादी]], [[केन्सीयन]] अथवा जुनसुकै सम्प्रदायको अर्थशास्त्री कुनै न कुनै रूपमा एडम स्मिथ प्रति ऋणी छन् ।
<br />
"https://ne.wikipedia.org/wiki/एडम_स्मिथ" बाट अनुप्रेषित