"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा +नीति प्रस्तावित
सा +युसिओसी दोस्रो चरण सम्बन्धमा
पङ्क्ति ३४७:
==[[विकिपिडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने नीति]] र [[विकिपिडिया:उल्लेखनीयता|उल्लेखनीयता]] नीति सम्बन्धमा==
नमस्ते, सामुदायिक सहकार्य गरि [[विकिपिडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने नीति]] र [[विकिपिडिया:उल्लेखनीयता|उल्लेखनीयता]] नीति लेखन कार्य सम्पन्न गरिएको छ। कृपया नीतिहरूलाई समीक्षा गरेर आफ्नो सुझाव सल्लाह तथा मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १५:११, १७ जनवरी २०२१ (नेपाली समय)
 
===छलफल===
 
==विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा==
नमस्ते विकिपिडिया सम्पादनकर्ता साथीहरू,<br>
[[:m:Universal Code of Conduct/ne|विश्वव्यापी आचार संहिता]]को उद्देश्य सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्नु र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनु रहेको छ जहाँ जो कोहीले उत्पीडन वा भयरहित सुरक्षित रूपले योगदान गर्न सकोस्। विभिन्न विकिमिडिया समुदायहरूसँग परामर्श गरेर विश्वव्यापी आचार संहितालाई विकसित गर्ने कार्य भइरहेको छ।
 
युसिओसी परामर्शको [[:m:Universal Code of Conduct/Initial 2020 Consultations|पहिलो चरण]] गत वर्ष पुरा गरिएको थियो, जहाँ हामीले विभिन्न विकिपिडिया समुदायहरूको सल्लाह सुझाव र विचारको आधारमा विश्वव्यापी आचार संहिताको [[:m:Universal Code of Conduct/Draft review/ne|मस्यौदा पाठ प्रस्ताव]] तयार गरेका थियौं। यो मस्यौदालाई सन् २०२० अक्टोबर १३ मा अनुमोदनको लागि विकिमिडिया फाउन्डेसनको न्यासी समितिसमक्ष प्रस्तुत गरिएको छ।
 
युसिओसीको दोस्रो चरणमा, विकिमिडिया फाउन्डेसनले सम्पूर्ण विकिमिडिया समुदाय र अभियानको लागि विश्वव्यापी आचार संहिता लागु गर्ने मार्गहरूको बारेमा छलफल गर्न चाहन्छ। यो प्रक्रिया र विकिमिडिया परियोजनाहरूलाई हाम्रो योगदानकर्ताहरूको लागि एउटा उपयुक्त र सुरक्षित स्थान बनाउनको निमित्त यहाँहरूको विचार र बहुमूल्य सुझाव जान्नु हाम्रो लागि महत्वपूर्ण छ।
 
यो महत्वपूर्ण विषयमाथि यहाँको बहुमूल्य सुझाव र विचार सोझै यहाँ प्रस्तुत गर्न सक्नुहहुन्छ वा तपाईंले मेरो वार्ता पृष्ठमा लेख्न सक्नुहुनेछ। यस वाहेक तपाईं मलाई banand-ctr@wikimedia.org मेल समेत गर्न सक्नुहुन्छ। धन्यवाद - [[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) १५:०८, १८ जनवरी २०२१ (नेपाली समय)
 
===छलफल===