"मायादेवी गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
मायादेवी गाउँपालिका, कपिलवस्तु
(कुनै भिन्नता छैन)

१९:०४, १७ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

नेपालको सङ्घीय संरचना अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला भित्र पर्ने मायादेवी गाउँपालिका जिल्ला सदरमुकाम भन्दा १० कि.मी. पूर्वमा अवस्थित रहेको छ। यो गाउँपालिकाले पूर्वमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका, पश्चिममा कपिलवस्तु नगरपालिकायशोधरा गाउँपालिका उत्तरमा बाणगंगा नगरपालिकादक्षिणमा भारतको उत्तर प्रदेशको अलिगढवा पर्दछ।[१]

मायादेवी
सिसहानिया कोट, कपिलवस्तु
सिसहानिया कोट, कपिलवस्तु
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबजरंगी प्रसाद कुर्मी (फोरम)
 • उपाध्यक्षगिता तिवारी (नयाँ शक्ति पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा८८.५३ किमी (३४.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,२१८
 • घनत्व५४०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक पकडी गाविसको कार्यालय
वेबसाइटwww.mayadevimunkapilvastu.gov.np

मायादेवी गाउँपालिका वि.स. २०७३ सालमा गठन भएको हो। यस गाउँपालिका साविकको पकडी, फुलिका, अभिरावा, डुमरा, विजुवा, पिपरा, हरनामपुरबलुहवा गरी कुल ८ गाविसहरुलाई मिलाएर बनाइएको हो। यस गाउँपालिकाको क्षेत्रफल ८८.५४ वर्ग कि.मी. रहेको छ र पकडीलाई केन्द्र मानी काम कार्यवाही त्यहीबाट संचालन भैरहेको छ।[२]

राजा शुद्धोधनको राजधानी तिलौराकोटबाट रानी मायादेवी आफ्नो माईत देवदह यही भूमि टेकेर जादै गर्दा लुम्वीनीमा भगवान गौतम बुद्धलाई जन्म दिनु भएको कारण यस गाउँपालिकाको नाम मायादेवी राखिएको हो। यो गाउँपालिकाको वडा नं. ५ मा पुरातात्विक महत्वको सिसहनिया कोट, वडा नं. ७ करमहवामा कोट लगायत विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु रहेको छ। उर्दु भाषाको महिला कजेज, व्यवसायिक माछापालन, व्यवसायिक गाईपालन, बाख्रापालन लगायत धान गहुँ उत्पादनको हिसावले पनि अग्रस्थानमा रहेको छ। सिचाईको उचित व्यवस्थापन भएमा यस गाउँपालिकाको मात्र उत्पादनले जिल्लालाई धान्न सक्ने हैसियत राख्दछ।[३]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तहहरुको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  2. "मायादेवी गाउँपालिका", गाउँ कार्यपालिकाकाे कार्यालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  3. "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२० 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्