विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/नोभेम्बर २०१४
- २८ नोभेम्बर २०१४
- नाइजेरियाको एडमावा राज्यमा भएको बम आक्रमणमा ५ सैनिक सहित २५ जनाको मृत्यु भएको छ । (अनलाइन खबर)
- बाराको बरियारपुरस्थित विश्व प्रशिद्ध गढीमाई मेलाको मुख्य आकर्षण मानिने पशुबली शुक्रबारबाट शुरु भएको छ । (अनलाइन खबर)
- २७ नोभेम्बर २०१४
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले हात मिलाएसँगै १८औँ सार्क शिखर सम्मेलन समापन भएको छ । (अनलाइन खबर)
- मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अष्ट्रेलिया राज्यवीचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन भएको छ । (अनलाइन खबर)
- १४ नोभेम्बर २०१४
- भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा श्रीलंका विरुद्ध सर्वाधिक २६४ रनको कीर्तिमान बनाएका छन् । (अनलाइन खबर)